शिक्षक लाइसेन्स परीक्षा असोज ९,१० र ११ मा हुने

शिक्षक सेवाका लाइसेन्सका लागि तयारीमा बसेका झण्डै २ लाख ५० हजारभन्दा बढी आवेदक लागि खुसीको खबर छ । अबको दुई महिना भित्रमै आयोगको परीक्षा हुँदैछ ।

शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्स अर्थात अध्यापन अनुमतिपत्रको लागि परीक्षाको मिति सार्वजनिक गरेको हो ।

आयोगले एक सूचना जारी गरी तिनै तहका परीक्षाको मिति सार्वजानिक गरेको हो । आयोगका अनुसार प्राथमिक तहको असोज ९ गते , माध्यमिक तहको असोज १० गते र निम्न माध्यमिक तहको परीक्षा असोज ११ गते हुने भएको छ ।

प्रवेश पत्र शिक्षक सेवा आयोगको वेबसाइटबाट प्रिन्ट गर्न सकिने जनाइएको छ । परीक्षा केन्द्र पछि सार्वजनिक गरिने आयोगले स्पष्ट पारेको छ ।

 

LEAVE A REPLY