‘डाउन टाउन अपार्टमेन्ट’ जुवाको अखडा

जुवा खेल्ने अखडा ललितपुरको ‘डाउन टाउन अपार्टमेन्ट’मा फेला परेको छ । ललितपुर महानगरपालिका–२३ धापाखेलस्थित सोही महानगरपालिका–८ पाटन बस्ने ३७ वर्षीय रञ्जित महर्जनको डाउन टाउन अपार्टमेन्टको ५१० नम्बरको कोठामा कौडा खेलिरहेको अवस्थामा महर्जन लगायत १२ जनालाई ८ लाख ४० हजार रुपैयाँ, कौडा १६ थान, पासा १ सेट र १ बुक ताससहित बुधवार राति प्रहरीले पक्राउ गरेको जनाईएको छ ।

LEAVE A REPLY