ग्लोबल आइएमई बैंकका तीन नयाँ शाखा सञ्चालनमा

Sharing is caring!

ग्लोबल आइएमई बैंक लिमिटेडले धनकुटा, सोलुखुम्बु र खोटाङ्ग जिल्लामा गरी तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

नयाँ ३ वटा शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १४० पुगेको छ । बैंकले धनकुटा जिल्लाको धनकुटा नगरपालिका वडा नं. १, हिले बजार, सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नं. ६, नयाँ बजार र खोटाङ्ग जिल्लाको दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका वडा नंं. १, दिक्तेल बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले हाल १४० शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १४८ एटिएम, १७९ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि तथासम्पर्क कार्यालय मार्फत आफ्ना ११ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Sharing is caring!

LEAVE A REPLY