उर्जामन्त्रीले संसदमा ‘विद्युत सप्लाइ’ भन्नासाथ के भयो ?

सभामुख कृष्णबहादुर महराले शून्य समय सकिएको र विशेष समय शुरु भएको भन्दै सार्वजनिक महत्वका विषयमा बोल्नका लागि मन्त्री पुनलाई समय दिएका थिए । तर उर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनले बोल्दै गर्दा संसद बैठकमा बत्ती गयो । रोष्ट्रममा पुगेर मन्त्री पुनले आफ्नो कुरा सुरु गर्दै ‘माननीय सांसदहरुले विभिन्न जिल्लाका बाढी, डुबान, पहिरो त्यसैगरी विद्युत सप्लाइसम्बन्धी’ बत्ती गएको थियो । करिब एक मिनेटमा विद्युत आएपछि “धन्यवाद, कमसेकम समयमै आयो ।” उनले हाँस्दै भने ।

LEAVE A REPLY