भेटियो पोखरीमा ६ बालबालिकाको शव !!

गर्मीको मौसम छ । गर्मी साना ,ठुला जुनसुकै उमेरका मानिसलाई पनि हुने गर्दछ । यस्तै यतीखेर केहि दिन यतादेखि चिनमा गर्मी बढेको छ । बुधबार साँझ चीनको मध्य क्षेत्रमा रहेका प्रान्त हेनानको जेङजाओ भन्ने स्थानमा छ जना बालबालिकाको डुबेर ज्यान गएको खवर सार्वजनिक भएको छ । उनीहरुको पौडिखेल्ने क्रममा डुबेर ज्यान गएको हुनसक्ने अनुमान गरीएको छ । उनीहरुको शव पोखरीमा डुबेको अवस्थामा भेटिएको बिहीबार त्यहाँबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।बुधबार साँझ ती बालबालिका डुबेको अवस्थामा भेटिएको बताइएको छ । यही गर्मी र छुट्टीको समय पारेर विद्यार्थीहरु पौडी खेल्न स्थानीय खेला तथा पोखरीमा जाने गर्दछन् । यस कारण पनि यहाँका बालबालिकाको ज्यान जाने गरेको छ । स्थानीय नागरिकहरुले आफ्ना बालबालिकालाई स्थानीय खोला र पोखरीहरुमा पौडी खेल्न जान नदिन सूचना गर्ने गरेका भए पनि बालबालिका भने जाने गरेको र यस कारण उनीहरुको ज्यान जाने गरेको जनाईएको छ । उनिहरु तिन परीवारका थिय । बालबालिका ५ देखि १२ वर्षको उमेरका रहेको त्यहाका संचार माध्ययम बताउछन् ।

LEAVE A REPLY