‘नाच माया’ बोलको गीत लिएर आए अमृत

संष्कृति संरक्षणमा अमृत

२३ बर्षको एउटा युवा केटो । जस्लाई चिन्ता छ मौलिक लोक संष्कृतिको । र ,डर छ उस्लाई कतै मेटिएला कि हाम्रो मौलिक लोकगीत र संष्कृति भन्ने ।
र तल्लीन छ निरन्तर आफ्नो संष्कृति जोगाउन् । उ आफ्नो संष्कृतिको जगेर्नाका खातिर कहिले गीति एल्वम निकाल्छ त कहिले रोधी घरमा पुगेर गीत गुनगुनाउछ ।
राजधानी भित्रिएको ३ वर्ष मात्र पुग्दैछ । यो अवधीमा गीत तथा संष्कृतिको जगेर्ना र आफ्नो जिल्लाको पहिचान विश्वभर फैलाउन उस्ले पेलेको पापड खाएको हण्डर र ठक्करको कथा निकै लामो छ ।

तर जीवनमा केही चोटहरु निकै मिठा हुन्छन् । हिजो भोगेका तिनै चोट र धोखाहरुले आज उ चिनिएको छ अमृत भारतीको रुपमा । एउटा अब्बल गीतकारको रुपमा सांगीतिक जगतमा ।
आत्मविश्वाश र निरन्तर लगन चाहिन्छ जीवनमा । यी दुई चीजले जुनसुकै असम्भव बस्तुलाई पनि सम्भवमा परिणत गर्दछ भन्ने कुरामा ज्वलन्त उदाहरण उनी ।

कुनै समय काठमाडौंमा भित्रिएर जीवन गुर्जानका लागि रोधी घरमा गीत गुन्गुनाउने अमृतको निरन्तरको लगन मेहनत र पसिनाको परिणाम हो आज आफ्नै कम्पनी खोल्न सफल भएका छन् उनी । भारती पिक्चर्स प्रा लि दर्ता गराएर उनी सोही कम्पनीबाट तिज गीत निकाले नाचिदेउ मायाले छम्म छम्म
यो गीतबाट सफलता कमाए । अहिले तीजका नाममा विकृती भित्रिएको छ । जस्ता पनि छाडा गीतहरु सार्वजानिक भएका छन् । तर अमृतले यस बर्ष लोक संष्कृति जगेर्ना गर्ने गीत बजारमा ल्याएका छन् । नाच माया बोलको उक्त गीति भिडियो सार्वजानिक भएको छ । शब्द लय अमृत भारतीको,स्वर अमृत भारती र आशा केसीको रहेको छ । एरेन्ज कृष्ण भान्जाको रहेको छ । सो तीजको गीतमा तिलक भारती,आयुष्मा कार्की र शेखर खनाल (भुइकटर)को अभिनय देख्न पाइन्छ ।

LEAVE A REPLY