तीज भड्किलो नबनाउन अपिल

आउँदो भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म मानिने पर्व हरितालिका तीजलाई जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले भड्किलो नबनाउन अपिल गरेको छ । कार्यालयले आउँदो भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म दर खाने, व्रत बस्ने तथा भगवान् शिवको आराधना गरी नाचगान गर्दै मनोरञ्जन गर्दै मनाइने तीज पर्व मौलिकता जर्गेना गर्ने गरी मनाउन अपिल गरेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताएका छन् । उनले भने “तीजका नाममा विभिन्न प्रकृतिका असामाजिक क्रियाकलाप नहोस् भन्ने हेतुले सूचना जारी गरी पहिल्यै सजग गराएका हौँ”, उनका अनुसार कार्यालयको अपिल बेगर त्यस्ता क्रियाकलाप भएको पाइएमा सामाजिक सुरक्षा ऐन–२०३३ अनुसार कारवाही गरीने सहर्स जानकारी समेत गरेका छन् ।

LEAVE A REPLY