अन्जना सुबेदीको निकै बेजोड गजल :-जवानी लुकाएर गयौ ..

जगमगाउदो जवानी लुकाएर गयौ ।
सम्बन्ध अर्कै रहेछ तिम्रो छुपाएर गयौ ।

मेरो त अन्ध धुन्ध चुडिसकेछ मुटु् ,
यही मुटुको माया पनि चुकाएर गयौ ।

पश्चातप मा हर घडी भिजाउछौ रे सिरानि,
कोलाहलकै नजरमा नि सिर झुकाएर गयौ ।

न तोडिने बन्धन भन्थ्यौ तोडीसकेपछि,
तिम्ले खाको बाचा कसम फुकाएर गयौ ।

जगमगाउदो जवानी लुकाएर गयौ ।
सम्बन्ध अर्कै रहेछ तिम्रो छुपाएर गयौ ।

LEAVE A REPLY