‘मलाई हिरोनी बनाउने काम रामबाबु गुरुङको हो’

Sharing is caring!

नेपाली हास्य अभिनेत्री तथा सामाजिक कार्यकर्ता हुन् । लोकप्रिय टेलिशृंखला मेरी बास्सैको भूमिकाहरू मध्ये एक प्रमुख भूमिकामा रहेकी कुञ्जनाको सिरियलको नाम सुन्तली रहेको छ । कुञ्जना को जन्म नेपालको ललितपुर जिल्लामा भएको थियो, जहाँ उनले आफ्नो बाल्यकाल तथा प्रारम्भिक शिक्षा पूर्ण गरेकी थिइन्। उनले आफ्नो चलचित्र ‘सेन्टी भाइरस’को निर्देशन रामबाबुले गर्ने भएपछि उनले आफूलाई नायिका बनाउने जिम्मा रामबाबु गुरुङको भएको बताएकी छन् ।

“म केटाकेटी हुँदा टेलिभिजन हेर्थें । टेलिभिजनमा करिष्मा ९मानन्धर०, रेखा ९थापा० दिदी लाई देख्थेँ । मलाई पनि उहाँहरुलाई जस्तै अभिनय गर्न मन लाग्थ्यो । नाच्न मन लाग्थ्यो,” बुधबार चलचित्र ‘सेन्टी भाइरस’ घोषणा कार्यक्रममा उनले भनिन्, “म ऐनामा आफूलाई हेरेर अभिनय गर्थें । नाच्थेँ । पछि कलाकार भएँ । अब अहिले चलचित्रमा काम गर्दैछु । म भित्र रहेको प्रतिभा कसरी निकाल्नु हुन्छ र अभिनेत्री बनाउनु हुन्छ, त्यो निर्देशक ज्यूको हातमा छ ।”

आफूभित्र रहेको कला निकालेर दर्शक माझ पुर्याउने जिम्मेवारी निर्देशकको रहेको बताएकी उनले आफूलाई निर्देशकप्रति पूर्ण विश्वास रहेको उनले बताइन् ।

‘सेन्टी भाइरस’ निर्देशनका लागि आफूहरुले सोचे जस्तै निर्देशक पाएको कुञ्जनाको भनाइ थियो ।

Sharing is caring!

LEAVE A REPLY