ओखलढुंगाको पलापुमा बाघ आंतक : २१ वटा बाख्रा मार्‍यो, एक व्यक्ति घाइते

Sharing is caring!

ओखलढुंगाको पलापुमा बाघले आतंक मच्चाएको छ । केही दिन यता जंगली बाघले जिल्लाको चम्पादेवी गाउँपालिका १ र २ मा पर्ने पलापुमा आतंक मच्चाएको हो ।

नयाँ पत्रिका लेख्छ पलापुमा तीन दिनको समयमा बाघले २१ वटा बाख्रा मारेको छ । बुधबार बिहान स्थानीय मसली मायाँको नौ वटा खसी–बोका सहितको नौ वटा बाख्रा मारेको छ । यसअघि मंगलबार पलापुकै झलकबहादुर मगरको पाँच र बाबुराम श्रेष्ठको दुई वटा बाख्रा मारेको थियो । तीन दिन अघि स्थानीय बलबहादुर श्रेष्ठ, घनिमाया मगर, मेघबहादुर श्रेष्ठ, एकबहादुर श्रेष्ठ र असमन मगरको एक–एक वटा बाख्रा बाघले मारेको वडा अध्यक्ष कुलबहादुर श्रेष्ठले जानकारी दिए । बाघले पशुचौपाय र मान्छेमा समेत आक्रमण गर्न थालेपछि घर बाहिर निस्कनै समस्या भएको उनको भनाई छ ।

बाघको आक्रमणबाट पलापुका हिराबहादुर श्रेष्ठ घाइते भएका छन् । गोठमा काम गरिरहेको अवस्थामा श्रेष्ठलाई बाघले आक्रमण गरेर घाइते बनाएको हो । उनको सिन्धुलीको खुर्कोटमा उपचार भईरहेको छ ।

Sharing is caring!

LEAVE A REPLY