लगानी सडकमा : ढुवानी घोडामा

Sharing is caring!

वर्खा लाखेसँगै जिल्लाका अधिकांश सडक सडक प्रायः बन्द जस्तै छन् । लगातारको वर्षात्का कारण जिल्लाका ग्रामीण क्षेत्रमा जाने सडक प्रायः बन्द झैँ भएका हुन् । सन्दकपुर, माइजोगमाई, फाकफोकथुम गाउँपालिकालगायतका स्थानीय तहमा जाने सडकहरू उचित मर्मत सम्हार नपुग्दा हिलाम्य छन् । गाउँपालिकाका केन्द्र मात्र हैन गाउँपालिकाबाट वडावडामा जाने सडकको अवस्था दयनीय भएको स्थानियवासी बताउँछन् । हिउँद–वर्खा नै सवारी चल्ने गरी निर्माण गर्ने भनेर रकम विनियोजन गरिएका सडकहरू निर्माणको पहिलो वर्ष सामान्य चले पनि दोस्रो वर्षदेखि प्रायः ठप्प हुने गरेका छन् ।
जिल्लाका स्थानीयबासी कृषि उपज र दैनिक उपभोग्य सामग्री मात्रै हैन बिरामी अस्पताल पु¥याउन घोडामा भर पर्दै आएका छन् । खनिएका सडकमा हिउँदमा नियमित गाडि चल्ने भए पनि बर्षातमा बाटो नै बन्द हुने हुँदा स्थानीयबासीका लागि दशकौंदेखि घोडा भरपर्दो साधन भएको हो ।

कारोबार लेख्छ इलाम माईजोगमाईका शिवकुमार खड्काले घोडा खेपेर दैनिक २ हजार रुपैयाँ कमाउँछन् । गाउँबाट सहर र सहरबाट गाउँ फर्किदा कृषि उपजदेखि दैनिक उपभोग्य सामग्री घरघरमा पु¥याउनु खड्काको दैनिकी हो । १५ वर्षदेखि २ वडा घोडा पालेका खड्काले हिउँदका दिनमा घोडामा सामग्री बोक्ने काम सुस्तिरले गरे पनि वर्षातमा झनै चम्किन्छ । कच्ची सडकमा हिउँदमा गाडि कुद्ने गरेकाले घोडामा सामान लादेर बजार आउने काम एक पटक मात्रै हुन्ने भए पनि वर्खा लागे पनि दुई पटकसम्म बजार जानुपर्ने खड्का बताउँछन् ।
सूर्योदय नगरपालिका–१ का बलबहादुर थापाको दैनिकी पनि उस्तै छ । थापाले गाउँबाट कृषि उपज घोडामा मानेभञ्ज्याङ बजार र बजारबाट उसैगरी दैनिक उपभोग्य सामग्री गाउँसम्म पु¥याउँछन् । थापाले भारतसँग सीमा जोडिएको गोर्खे र जोगमाईका गाउँगाउँबाट सामान झिसमिसेमै कृषि उपज भारी लगाएर मानेभञ्ज्याङ पुग्छन् । मानेभञ्ज्याङमा व्यापारीलाई सामानको जिम्मा लगाएर गाउँको अडर अनुसार दैनिक उपभोग्य सामग्री घरघरमा पु¥याउने थापाले दैनिक २५ सयसम्म आम्दानी गर्दै आएका छन् । थापाले भारी बोक्नकै लागि घरमा तीन वटा घोडा पालेको बताए । गाउँमा सडक पुगे पनि हिउँदमा आवश्यक पर्दा गाडी नभेटिने र वर्षादमा प्रायः ठप्प हुने भएकाले घोडा ढुवानीको भरपर्दो साधन भएको उनी बताउँछन् ।
सडकबाट गाउँका टोलसम्म पहुँच भए पनि इलामका ग्रामीण क्षेत्रका बासिन्दाको यातायातको साधन घोडा नै रहेको जोगमाईका बासिन्दाको भनाइ छ । खनिएका कच्ची सडकमा हिउँदमा पनि नियमित गाडि नचल्दा स्थानीयले गाउँबाट घोडामा कृषि उपज बजार पु¥याएर बिक्री गरि दैनिक उपभोग्य सामग्री लिएर फर्किछन् । यसरी सामग्री बोकाए बापत घोडाधनीले प्रतिकिलो २ रुपैयाँदेखि ५ रुपैयाँसम्म भाडा लिने गरेका छन् । सडक खने पनि स्तरोन्नती भएका छैनन् । माइजोगमाई गाउँपालिका नयाँबजारका ब्यापारीहरू दूध, दैनिक उपभोग्य सामग्री, कृषि उपज, चिया मात्रै नभएर गाउँका सडकमा एम्बुलेन्स नपुग्ने भएकाले घोडामा बिरामी समेत अझै बोक्नुपर्ने बाध्यता रहेको बताउँछन् । स्थानीय, प्रदेश र संघ सरकारले चालू आर्थिक वर्षमा ३ अर्ब रुपैयाँभन्दा बढी सडक क्षेत्रमा लगानी गरे पनि ती सडक हिउँदमा नियमित नहुने र वर्षातमा कुद्नै नसक्ने हुँदा धेरै इलामबासीको भरपर्दो साधन घोडा भएको सूर्योदय नगर उद्योग बाणिज्य संघका सदस्य सुजन तिम्सिनाले बताए ।

Sharing is caring!

LEAVE A REPLY