कार्यालयमै बस्दैनन्, कार्यालय प्रमुख

जुम्लाका सरकारी कार्यालयका ४९ जना कर्मचारी जिल्ला प्रशासन कार्यालयको छड्केमा परेका छन् । सरकारी कार्यालयबाट हुने सेवा प्रवाह, कर्मचारीहरुको उपस्थिति अवस्था बारेमा जिल्ला प्रशासन कार्यालय जुम्लाले गरेको छड्के अनुगमन ४९ जना कर्मचारी अनुपस्थित रहेको देखिएका छन् । अनुपस्थित हुनेमा अधिंकाश कार्यालय प्रमुख रहेका छन् । छड्के अनुगमनको क्रममा जिल्लामा रहेका २८ वटा सरकारी कार्यालय मध्य ११ वटा सरकारी कार्यालयका प्रमुख नै अनुपस्थित देखिएका छन् ।

राजधानी लेख्छ- अन्य कार्यालयका गरि ४९ जना कर्मचारी अनुपस्थित रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । चालु आर्थिक बर्षको साउन महिनाको तेस्रो साता जिल्ला प्रशासन कार्यालय जुम्लाको छड्के अनुगमनमा ४९ जना कर्मचारी कार्यालयमा उपस्थित नभएको भेटिएको छ । प्रशासनले चारवटा समुह बनाएर छड्के अनुगमन गरेपछि २८ सरकारी कार्यालयका ४९ जना कर्मचारीमा कार्यालयमा उपस्थित नभएको भेटिएको हो ।अनुगमनको क्रममा नौ वटा कार्यालयमा कार्यालय प्रमुख कार्यालयमा उपस्थित रहेको, आठ वटा कार्यालयका कार्यालय प्रमुख कार्यालयको कामकाजको सिलसिलाम जिल्ला बाहिर काजमा रहेको पाईएकको छ । प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेका अनुसार २८ वटै कार्यालयको हाजिरी किताब जिल्ला प्रशासन कार्यालयमा ल्याई रूजु गर्दा अनुमति बिना कर्मचारी अनुपस्थित देखिएको हो । केही कार्यालय प्रमुखले प्रशासन कार्यालयमा बाहिरी जिल्ला जाने अनुपति लिएपनि कार्यालयको हाजिरीमा उल्लेख नगरेको पाईएको उनले जानकारी दिईन् ।

कार्यालयमा उपस्थित नहुने प्रमुखमा कृषि अनुसन्धान कार्यालय, जिल्ला हुलाक कार्यालय, नागरिक उड्यन कार्यालय, वनस्पति अनुसन्धान केन्द्र र साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय प्रमुख रहेका छन् । त्यसैगरी कृषि ज्ञान केन्द्र, संघीय खानेपानी तथा ढल व्यवस्थापन, व्यवसायिक सिप विकास तालिम केन्द्र, जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालय, सहरी विकास तथा भवन कार्यालय र यातायात व्यवस्थापन कार्यालय रहेका छन् । एकै पटक सरकारी कार्यालयका प्रमुख र कर्मचारीले के कामले कहाँ गएका हुन्, प्रशासनलाई जानकारी छैन । भने निमित्त पनि नतोकेका कारण सेवा प्रवाहमा असर परेको देखिएको छ ।

‘अनुपस्थित रहेका सबैलाईद निजामति कर्मचारी ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाईन्छ’ प्रमुख जिल्ला अधिकारी बञ्जाडेले भनिन्,‘ अब देखी कार्यालय प्रमुख देखी कर्मचारी र कार्यालय सहयोगी सम्मको जानकारी प्रशासनलाई दिने काम गर्नेछौ ।’ जुम्लाका चार वटा पर्यटकीय क्षेत्र छनोट शुभाकर विश्वकर्मा,जुम्ला जुम्लाको चन्दननाथ, गुठिचौर, पातारासी र सिँजा उपत्यका पर्यटकीय गन्तवयको रुपमा छनोट भएका छन् । नेपाल भ्रमण वर्ष र कर्णाली रारा पर्यटन वर्षको लागि कर्णाली प्रदेश सरकारले जुम्लाका चार क्षेत्रलाई छनोट गरेको हो । यस अघि पर्यटन मन्त्रालयको सय नयाँ गन्तव्यमा सिंजा उपध्यका र डुडुल चैत्य परिसकेका छन् । प्रदेश सकरारले छनोट गरेका अन्य कर्णालीका ४० पर्यटकीय स्थलमध्ये २० वटा स्थानलाई अन्तराष्ट्रिय र २० वटालाई राष्ट्रिय रुपमा चिनाउने सरकारको लक्ष्य सहित जुम्लाका पनि यि क्षेत्र समावेश भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here