लोप हुदैं पुराना हबेली

सिन्धुपाल्चोक जिल्लाको एतिहासिक स्थल हबेली प्रचार प्रसार तथा सरकारि उपेक्षका कारण लोप हुने अवस्थामा पुगेको छ । तत्कालिन मुतिख्यार जनरल भिमसेन थापाको साइलो भाई जनरल रणविर सिह थापा ले सिपाप्यु घर, बाँडे गाँउ, सिपातिनघरे र भोताङ धुपगाँउ हाल डुपगाँउमा समेत गरि जम्मा ४ वटा हवेली निर्माण गरि प्रत्येकमा शिलालेख राख्न लगाएका थिए । शिलालेख भोताङमा हाल सम्म पनि कायमै रहेको पाइन्छ । उक्त शिलालेखमा काठमाडौंको हनुमानढोका देखि हवेलीसमम्म को वाटोको दुरी १८ कोश उल्लेख गरिएको छ । काल दाङखर्क, दोङचेगाङ, वेनदानचेत, माउर हिले, ताङ्गखर्क, पाञ्चेत, माङगन र ताकुसमेत गरि हवेलिमा आउने जानेलाई खान दिनु भनि तत्कालीन राजा राजेन्द्र विक्रम शाहवाट कर्णेल रणविर सिंह थापाको नाममा १८९० सालको हवेली ताम्रपत्रवक्स भएको पाइन्छ ।
हवेलीको खोज तथा अनुसन्धानको लागि हालसम्म सरकारि स्तरवाट कुनै पहल भएको पाइएको छैन । पुरातत्व विभागको ध्यान या छेत्रमानपुगेकाले यसको विकास हुन नसकेको पाँचपोखरी थाङपाल गाँउपालीका वडा नं ३ का वडा अध्यक्ष निमछिरिङ तामाङले बताएका छन् । उनका अनुसार ( प्राचिन पुरातत्व वस्तुको खोजि र पहिचानका लागि चाँडै उत्खनन गर्नु पर्छ । नत्र विस्तारै लोप भइ राष्ट्र लाई द्धाटालाग्ने देखिन्छ । इतिहासकार तथा पुरात्व विद्हरुको आँखामा समेत ओझेल परेको हवेलीलाई उचित संरक्षण दिनसके यस क्षेत्रको पर्यटन प्रर्वद्धन गर्न टेवापुग्ने स्थानियको आशा रहेको छ ।

LEAVE A REPLY