आज केहिबेर अगाडी इटहरी धरान सडक खण्ड अन्तर्गत चार कोशे झाडीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको घटनास्थलमा नै मृत्यु भएको ट्राफिक प्रहरी पोष्ट तरहराका इन्चार्ज भुवन विकले जनाएका छन् ।
उनका अनुसार इटहरी धरान सडकखण्ड अन्तर्गत चारकोशे झाडीमा ना २९ प ४१९५ नम्बरको मोटरसाइकल ना २ च ६६८९ नम्बरको जीपमा ठोक्किँदा मोटरसाइकलमा सवार व्यक्तिको मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।