स्वर्गद्वारी बचाउन सकस

अर्बौंको सम्पत्ति भएको भएर पनि प्यूठानको प्रसिद्ध स्वर्गद्वारी आश्रम भक्तजनको भेटीबाट सञ्चालन भइरहेको छ। दाङका विभिन्न क्षेत्रमा आश्रमका नाममा १२ सय बिघा जग्गा छ। तर आश्रमको आयस्रोत भक्तजनबाट प्राप्त मानो मुठी आयस्रोत हो।

अन्नपूर्ण लेख्छ- जग्गाजमिन कब्जा भएकाले आश्रम सञ्चालन कठिन बन्दै गएको सञ्चालक समिति सदस्य डा। धु्रव श्रीले बताए। उनका अनुसार बहुदलीय व्यवस्था पुनस्र्थापनापछि आश्रमको जग्गा अतिक्रमण सुरु भएको हो। द्वन्द्वकालमा तत्कालीन माओवादीले जग्गा कब्जा ग¥यो। २०४८ सालपछि आश्रममा कुत बुझाउन बन्द भयो।

भक्तजनले चढाएको दानदातव्यबाट स्वर्गद्वारीको गतिविधि सञ्चालन भइरहेको डा। धु्रव श्रीले बताए। राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘भक्तले चढाएको दान÷दातव्य, भेटीबाट आश्रम चलेको छ। नपुगेमा स्वामी आफंै भारतको गुजरात, राजस्थान, मुम्बई गएर भिक्षा माग्नुहुन्छ।’

स्वर्गद्वारीमा नेपालीभन्दा भारतीय भक्तजन बढी पुग्छन्। भारतका गोरखपुर, सिद्धार्थनगर, श्रावस्ती, गोन्डा, बलरामपुरबाट वर्षमा दुई लाख श्रद्धालु स्वर्गद्वारी पुग्छन्। नेपाली भक्तजन भने वार्षिक ५० देखि ८० हजार पुग्ने गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here