“खस्किएको टानको गरिमालाई उठाएर देखाउँछु” : गुरुङ

आगामी २० भदौंमा ट्रेकिङ एजेन्सी एसोशियन (टान)को निर्वाचनको मिति घोषणा गरिएको छ । आकाक्षीहरुको संख्या धेरै देखिएको छ । यस्तैमध्येका एक आकाक्षी हुन तेजबहादुर गुरुङ ।

०५५ सालमा एसएलसी दिएर भोलीपल्टै राजधानी छिरेका उनले भोगे यही राजधानीमा अनेक अभाव, दुख र कष्ट । राजधानीमा सास अड्याउनका लागि बोके पर्यटकका भारी ।

भारतका पूर्व राष्ट्रपति अब्दुल कलामले कतै भनेका छन् स सना लक्ष्य लिएर बाँच्नु सबैभन्दा ठूलो अपराध हो ।
काम सानो थियो तर साना थिएनन तेजबहादुरका लक्ष्य । त्यही लक्ष्य र लक्ष्यप्राप्तिका लागि गरेको संघर्षले नै आज उनको पहिचान फेरिएको छ । एक सफल र सबल व्यवसायीको रुपमा ।

केही बन्नु थियो । केही गर्नुथियो । जीवनका दुई बर्ष पर्यटकका भारी बोकेर हिडे । यही संघर्षशील २ बर्षले उनलाई धेरै पाठ सिकायो । धेरै ज्ञान दिलायो । भन्छन मान्छेले पढेर भन्दा परेर सिक्छ । उनले धेरै भोगे । सिके । जुन सिकाई अमिट बन्न पुग्छ ।

                                           तेज बहादुर गुरुङ
                 अध्यक्षका दावेदार,ट्रेकिङ एजेन्सी एसोशियन अफ नेपाल (टान)

र, दुई बर्ष पछाडि उनले नेपाल भिजन र नेपाल एक्सपीडिसन ट्रेक्सबाट ट्रेकिङ गाइडको रुपमा काम थाले । केही वर्ष गाइडको काम गरिसकेपछि ००८ मा आफ्नै नेपाल अल्टरनेटिभ ट्रेक्स एन्ड एक्सपीडिसन कम्पनी सञ्ंचालनमा ल्याए । पर्यटन क्षेत्रमा उनीसँग व्यवहारिकसँगै शैक्षिक ज्ञान पनि हासिल गरेका छन् । पूर्वाञ्चल विश्वविद्यालयबाट पर्यटन विषयमा स्नातकोतर गरेका उनले त्रिविविबाट स्नातकोतरसम्म हासिल गरेका छन् । निकट भविष्यमै पर्यटन शिक्षामा विद्यावारिधि गर्दैछन् मलेसियामा अवस्थित लिंकन विश्वविद्यालबाट ।

आजभन्दा ३८ बर्ष अघि धादिङको रुबी भ्यालीमा बुबा सन्तबीर र आमा लेउमायाँको कोखबाट जन्मिएका उनै सफल व्यवसायीसँग हामीले जिज्ञासा राख्यौ पर्यटन व्यवसायमा कहिले र किन लाग्नुभयो ?

शुरुमा उनी बाध्यता र विवशताले लागे । भन्छन् अभाव नै बाध्यता हो । हिजोका दिनमा सास अडाउनका लागि अञ्जानमै यो क्षेत्रमा होमिएका गुरुङका लागि पर्यटन क्षेत्र अब यस्तो नशा भइसकेको छ । उनी यसरी यो क्षेत्रमा भिजेका छन कि उनी यो क्षेत्र छाडेर अन्यन्त्र कतै जानै सक्दैनन् ।

हाम्रो दोश्रो जिज्ञासा थियो,पर्यटन प्रचुर सम्भावना भए पनि किन हुन सकेन नेपालमा पर्यटन क्षेत्रको विकास ?
यी पर्यटन व्यवसायीलाई लाग्छ,सरकार पूर्वाधार निर्माणको मामलामा चुक्यो । यदी पर्यटन क्षेत्रलाई सुधार गर्ने हो भने राज्यको ध्यान पूर्वधार निमार्णमा केन्द्रित हुनुपर्दछ । तर सरकारका धेरै कुराहरु कागजी भए । कोरा भाषणमा मात्र सिमित रह्यो । व्यवहारमा उतार्न नसकेको हो कि भन्ने भान हुन्छ उनलाई । एकातिर हामी भ्रमण बर्षको मुखमा छौं तर पर्यटन मन्त्रालय नेतृत्व विहिन अबस्थामा छ ।


अर्काेतिर पर्यटन क्षेत्रका नीति र ऐनहरु त छन तर धेरै पूरानो । राज्यमात्र होइन यो मामलामा नीजि क्षेत्र पनि चुकेका छन् । अनेक नाममा नीजि क्षेत्र विभाजित छन् । एक पक्षले एक नीति र निर्णय ल्याउन खोज्दा अर्काे पक्ष भाड्न खोज्दा पर्यटन क्षेत्रले सोचेजति गति लिन नसकेको उनको ठम्याई छ ।
हाम्रो जिज्ञासा थियो टानमा तपाईको उम्मेद्धारी किन ?
टानप्रतिको मेरो लगाव उनले सुनाए ।

यही लगावकै प्रतिफल प्रथम उपाध्यक्षको रुपमा कार्यसम्पादन गरिसकेका व्यक्ति हुन । नेतृत्व क्षमताले नै उनी आज यहाँसम्म आइ पुगेका हुन् । उनका कार्यशैली देखेर धेरै पर्यटन व्यवसायीहरु खुसी छन् । र व्यवसायीहरुकै मुखबाट सुन्न पाइन्छ तेज गुरुङलाई टानको अध्यक्ष भएको हेर्न चाहान्छौं ।
गुरुङ टानको नेतृत्व लिएर फोटो झुण्डाउने मात्र आफ्नो उदेश्य नभएको सुनाउँछन् ।
भन्छन मेरै कार्यकालमा टानमा राम्रो सुधार गरेर देखाउँछु । त्यसका लागि टानमा मेरो उम्मेद्धारी आवश्यक छ ।
अब हामी मोडियौं उनका चुनावी एजेण्डातर्फ
टिम्स कार्डको एजेण्डामा अल्झिरहेका छन् व्यवसायीहरु । उनले सुनाए,त्यो सधाका लागि हटाउन चाहन्छु ।
यस्का अलवा टानलाई संघीयता अनुसार ढाल्नु छ । प्रादेशिक कार्यालयहरु खोल्ने योजना छ उनको । यस्तै टानमा स्रोत कसरी जुटाउने ? यो अझैं पनि समस्याको बिषय छ । गुरुङ यस्ता इस्युमा सरकारसँग अगाडि बढ्ने बताउँछन् । यस्का अलवा पूर्वधार निर्माणको लागि अन्तराष्टिय निकायहरुसँग सहकार्य गरेर अगाडि बढ्ने र व्यवसायीहरुको बृहत्तर हितमा केन्द्रित रहेर कम गर्ने उनको चुनावी एजेण्डाहरु हुन् ।

स्थायी रुपमा टिम्स कार्डको समस्या सामाधान गर्ने ।
त्यसका लागि सम्बिन्धत निकायलाई कन्भिन्स गराउने ।
सरकारलाई गाली गर्नै भन्दा पनि सम्झाएर बुझाएको खण्डमा यो समस्या दीर्घकालसम्म सामाधान गर्न सकिने उनको ठहर छ ।
टानको अफिसियल र प्रशासनिक सुधारका कामहरु गर्ने । टानलाई अनलाईन प्रणालीमा लैजाने । यस्तै टानलाई समयानकुल मोवाइल एप्स प्रणालीमा लैजाने आफ्नो पहिलो कार्य हुने उनले सुनाए ।
यो सिष्टम लागू गर्न सकिएको खण्डमा टानमा कर्मचारी कटौती गर्न सकिने र यसले धरै हदसम्मको टानको आर्थिक बोझ घट्ने उनको बुझाई छ ।


यस्तै ‘अनलाईन ट्राभल एजेन्ट’ सिस्टम लागू गरी हरेक कम्पनीलाई लिंक उपलब्ध गराउने, सम्बन्धित ट्रेकिङ कम्पनीले लिंकमार्फत प्याकेज सेल गर्ने ।
यसबाट कम्तीमा ५ प्रतिशत रकम मात्रै टानले पाएको खण्डमा आर्थिक रुपमा टान सबल र सक्षम हुने उनको निष्कर्ष छ ।

प्रविधिको यो प्रयोगले व्यक्तिगत मार्केटिङमा व्यावसायीको धेरै खर्च भइरहेको हुँदा टानको एप्सबाट व्यवसायीहरु लाभन्वित हुने उनको ठहर छ ।

यस्तै पर्यटन बजारलाई पिरोलिरहेको छ, अबैद्यनिक ट्रेकिङ कम्पनी र गाईडहरुको मार । यसलाई निरुत्साहित गर्ने र अनिवार्य रुपमा टान एप्समा कोड सिस्टम इन्ट्री भएपछि मात्रै पदयात्राको लागि अनुमति दिने व्यावस्थाका लागि पहल गर्ने उनको भनाई छ ।
यसले पर्यटक ठगिने समस्या निर्मुल हुने र अबैधानिक रुपमा खुलेका कम्पनी र टुर, ट्रेकिङ गाईडहरु स्वतः टानको कार्यविधि भित्र आउने हुँदा पर्यटन क्षेत्रको मर्यादा र राजश्व दुबैमा बृद्धि हुने सुनाए ।

चुनाव नजिकिदै छ । जति जति चुनाव नकिकिदै छ उति नै चुनावी मैदानमा होमिएकाहरुको मुटुको धड्कन बढ्दै छ ।
तर यी व्यवसायी आत्मविश्वासी देखिए । सुनाए, बलियो आधार छ चुनाव जित्ने । निश्चिय नै जित्ने भनेकै मतदाता (व्यवसायीहरु)को मतले हो ।
चुनावको मिति नजिकिदै गर्दा व्यवसायीहरु उत्साहित देखिन्छन् । उनीहरुबाट आएको सकरात्मक प्रतिक्रियाले उनमा उर्जा र उत्साह थपेको छ ।
पर्यटन क्षेत्रमा विगत लामो समयदेखि कार्यरत,यही क्षेत्रको विषयगत ज्ञान,विगतमा टानको नेतृत्वमा पुगेका व्यक्ति । यसका अलवा सम्पूर्ण व्यवसायीको भावनाको प्रतिनिधित्व गर्न सक्ने भएका कारण र यो क्षेत्रमा देखिएका विभाजनलाई सुधार गर्न सक्ने ल्याकत उनीमा भएका कारण पनि उनी टानको नेतृत्वमा पुग्नेमा आफू आशावादी छन् ।
अन्त्यमा चिन्तित देखिए उनी टानले बाटो बिराएर हिडिरहेकोप्रति । सुधार्नु छ टान ।
योग्य र सबल नेतृत्वको हातमा सुम्पनु छ टानको ।
उनले जनाएका यी प्रतिवद्धता नेतृत्वमा पूगेको १ बर्षभित्रैमा गर्न नसके राजीनामा दिएर हिड्ने सुनाउँछन् ।
यही क्षेत्रमा दिलो ज्यान दिएर लागेका,युवा,उर्जाशील सबल र सक्षम नेतृत्वलाई तपाईको एक मतको आवश्यक छ ।
तपाईको अमूल्य एक मतले सुधर्ने सक्छ टान ।
सुधर्ने सक्छ नेपालको पर्यटन क्षेत्र ।
यस्तो अवसरबाट चुके र खराब व्यक्तित्वको हातमा नेतृत्व पुगे फेरि चुकचुकाउनुको अर्काे विकल्प रहने छैन् ।
यी सबल र सक्षम व्यवसायीलाई नेतृत्व तहमा देख्न पाइयोस । विजयका लागि हाम्रोतर्फबाट अग्रिम शुभकामना ।

प्रस्तुति :- महेश्वर गजुरेल

LEAVE A REPLY