भाट भेटनीजस्तै सुपरमार्केट खोल्ने सरकारको तयारी

सिण्डिकेटवाला नीजि व्यवसायी र ठेकेदारहरुका लागि चक्मा दिने खबर छ । तिनको ज्यादतीबाट आजित सरकारले अबको बढीमा ३ भित्रैमा आफ्नै दुईवटा कम्पनी चलाउँदैछ । सरकारले एकातिर भाटभेटनीजस्तै सरकारी सुपरमार्केट चलाउने तयारी अन्तिम चरणमा पुगेकै बेला ठेक्का लिएर,होल्ड गर्ने तर काम नगर्ने (कालिका,पप्पु,शैलुङजस्ता कन्स्ट्रक्सनका) खराब प्रवृत्तिलाई चिर्न सरकार आफैले निर्माण कम्पनी समेत खोलिसकेको छ । अब ठूल्ठूला ठेक्काहरु तिनै कम्पनीमार्फत तमाम गर्ने सरकारको योजना छ ।

सिण्डिकेटधारी व्यापारी र ठेकेदारलाई तह लगाउने उदेश्यले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कम्पनी रजिष्टार्ड कार्यालयमा ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड’ दर्ता भइसकेको छ । जस्को अधिकृत पूँजी ३० अर्ब, जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १ अर्ब १६ करोड रहेको मन्त्रालयका अधिकारीहरुले सुनाए ।
यस्तै हालै मात्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कम्पनी रजिष्टारको कार्यालयमा अधिकृत पुंजी १० अर्ब जारी पुँजी ३ अर्ब रहेको पूर्वाधार निर्माण कम्पनी दर्ता गराएको छ । यो कम्पनीको ७ सदस्यीय संचालक समिति रहनेछन् । भौतिक, अर्थ, उर्जा, जलस्रोत तथा सिंचाई,शहरी विकास मन्त्रालय संस्थापक र उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय मामिला र खानेपानी तथा सरसफाई मन्त्रालयका सह सचिव प्रतिनिधि रहनेछन् ।


कम्पनीमा भौतिक, अर्थ, उर्जा, जलस्रोत तथा सिंचाई,शहरी विकास (संस्थापक) शेयर रहनेछन् । ७५÷७५ लाख कित्ता शेयर रहने छ । यो कम्पनीले अन्य नीजि कम्पनीहरुले झैं ठेक्का पट्टामा भाग लिँदा प्रतिष्प्रर्धा गरिरहनुपर्ने बाध्यता आइलाग्दैन् ।मन्त्रिपरिषद्को निर्णयबाट कम्पनीले सिधै ठेक्कामा सहभागि हुन पाउने छन् ।
यस्तै नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेडलाई आपसमा गाँभेर बनाइएको कम्पनी हो (राष्ट्रिय आपूर्ति कम्पनीको नाम परिवर्तन गरी) ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड’ ।


सरकारी सुपरमार्केटले पनि भाटभटेनी सुपरमार्केटलेझैं सामान बिक्री गरिने जनाइएको छ । सो कम्पनीको जिम्मेवारी अहिले मन्त्रालयका सह सचिव नवराज ढकाललाई सुम्पिएको छ ।
जसरी आयल निगममा वोर्ड अध्यक्ष मन्त्रालयका सचिव हुन्छन उस्तै गरी यो कम्पनीको अध्यक्ष मन्त्रालयकै कुनै अधिकारीलाई दिइने छ । जहाँ सिइओ भने खुल्ला प्रतिष्पर्धाबाट नियुक्त गरिने छ । हाल खाद्य संस्थानमा कार्यरत स्थायी २५० र केही करारमा कर्मचारी राखेर अबको दुई महिनाभित्रैमा यो कम्पनी सञ्चालनमा ल्याइने तयारी चल्दैछ । यो कम्पनीले देशैभर सुपरमार्केटजस्तै सेवा दिने मन्त्रालयका अधिकारीहरुको भनाई छ ।

LEAVE A REPLY