घुस माग्ने सचिवलाई मुख्यमन्त्रीको घोक्रेठ्याक

अहिले अख्तियारको खोर नै भ्रष्ट ईञ्जिनियरहरुले भरिरहेको बेला यस्तै एक प्राविधिक पृष्ठभूमिका सह सचिवले कर्मचारीसँगै घुस मागेर आतकित पारेका कारण प्रदेशको मन्त्रालयबाट गलहत्याइएको छन् । प्रदेश कार्यालयका हाकिमसँग बजेट खर्चको एक प्रतिशत घुस माग्दै आएका प्रदेशका सचिव मनोज घिमिरे त्यहाँबाट फालिएका हुन् ।
गत ३० असारमा भोजपुर जिल्लाको जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयका प्रमुख मोहन बाबु यादव रंगेहात पक्राउ परे । एक लाख ८० हजार घूससहित । केरकार गर्दा उनले यो घूस रकम “माथि बुझाउन उठाएको” बताए । लगतै मुख्यमन्त्री शेरधन राईले एक्सन लिए । “माथि भनेको कहाँ हो ?सचिव ,मन्त्री,मुख्यमन्त्री कस्ले माग्यो घुस ?” केरकार पारेपछि रहष्य खुल्यो कि उनै सचिव घिमिरेले मातहतका कार्यालय प्रमुखहरुसँग बजेट खर्चको १ प्रतिशत रकम आफूलाई नदिए कर्मचारीहरुको कासमु विगारिदिने धम्की दिएका रहेछन् । उनका यस्ता धम्कीका कारण प्रदेशका कर्मचारीहरु आतंकित नै भएका रहेछन् ।


मातहतका कार्यालयहरुसँग खुलेआम घुस माग्ने प्रदेश सचिव घिमिरेको कर्तुत फेला पारेसँगै त्यहाँको मुख्यमन्त्री शेरधन राईले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई फोन गरेर एक घण्टामै त्यहाँबाट खानेपानी मन्त्रालयमै फिर्ता पठाएका हुन् ।


खानेपानी विभागमा हुँदादेखि नै भ्रष्ट र विवादित छविका घिमिरेलाई त्यहाँबाट मन्त्री विना मगरले हटाएर मन्त्रालयमा तानेकी थिईन । पछि प्रचण्डको ज्वाई लगायतका शक्तिकेन्द्रहरुको सेटिङ मिलाएर उनी प्रदेश नं १ को मालदार मानिने भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव बन्न पुगेका थिए । तर भ्रष्ट छविका घिमिरे त्यहाँ पुगेको तीन महिनामै मन्त्रालयमै फिर्ता भएका छन् । छोटो समयमा नै चरम विवादमा परेका घिमिरेको जागिर अवधी सकिन तिन महिना मात्र बाँकी छ । गत बैशाख महिनामा प्रदेश मन्त्रालय आएका थिए । शक्तिशाली मानिएको मन्त्रालयमा घिमिरेको प्रवेशसँगै विवादहरु सिर्जना भएको त्यहाँका कर्मचारीहरुको भनाई छ ।

खासगरी समायोजन भएका कर्मचारीहरुको पदस्थापन गर्दा सचिव घिमिरेले आर्थिक लाभ लिने गरेको कर्मचारीहरुले उजुरी गरेका थिए । त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालय अन्र्तगतका कार्यालयका जिल्ला प्रमुखहरुबाट पनि आर्थिक लाभ लिने गरेको कार्यालय प्रमुखहरुले गुनासो धेरै सुनिन थालेपछि उनी उपर मुख्यमन्त्री राईले एक्सन लिएका हुन ।

खानेपानी पाँचथरका डिईको सँघ अन्तरगत बिराटनगरमा समायोजन भएता पनि मनोज घिमिरे कै आडमा रमाना नलिइ बसेका थिए। ओखलढुङ्गामा पोष्टिङ्ग भएका डिभिजन प्रमुख सिंहलाई मन्त्रालयमै काजमा राखी उनका खास मान्छे ठाकुरलाई निमित्त डिभिजन प्रमूख बनाई ती दुवै डिभिजनहरूमा बढी कमिशन बुझाउने शर्तमा अस्वभाविक थप बजेट पठाइ गोप्य सूचनाहरू मार्फत बजेटको व्यापक दुरूपयोग गरिएको छ।

स्रोतका अनुसार घिमिरेले आर्थिक बर्षको अन्त्यमा इलाम र ओखलढुंगामा मात्र २० औं करोड रकम पठाएर मनलाग्दी खर्च गर्न दबाब दिएका थिए ।

तीन महिनामै भ्रष्टाचारको आरोप लागेर हटाइएपछि घिमिरेले सरुवाप्रति सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन् । उनले लेखेका छन् गत वर्षको दोस्रो चौमासिकको वित्तीय १३ प्रतिशत भौतिक, २५ प्रतिशतबाट अन्तिम चौमासिकमा वित्तीय ६७ प्रतिशत तथा भौतिक ९० प्रतिशत प्रगती भौतिक पूर्वाधार विकास मन्त्रालयले गर्न सकेको उल्लेख गरेका छन् । समिक्षा बैठक गरी सबै प्रगतीको सूत्र र तथ्य सार्वजनिक गर्ने मनसायले साउन ७ र ८ मा गोष्ठीको आयोजना गरेको उल्लेख गर्दै गोष्ठी रद्ध गरिएको , १० गते पछि एक्सन प्लान बनाएर यस आर्थिक वर्षको कार्यक्रम अगाडि बढाउने योजना थियो, तर बिचैमा तुहियो।’
यस्तो स्टाटस पोष्ट गरेर उनी काठमाडौं हिडेका छन् । विचौलियाहरुसँगको मिलेमतोमा घिमिरेले खानेपनाी विभागमा कार्यरत रहदाँ गोप्य टेण्डर सूचना छपाईमा मात्र २० करोड खर्चिएका थिए । जस्लाई महालेखाले आफ्नो बार्षिक प्रतिवेदनमा बेरुजु रकमको रुपमा औल्याएको छ । विभाग अन्तरगका डिभिजनहरुबाट समेत यस्तै गोप्य टेण्डर नोटिस छापिएपछि जस उपर अहिले अख्तियारले कारवाही प्रक्रिया समेत अगाडि बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here