लोक सेवाको प्रश्नपत्र सामाजिक संजालमा हाले कारवाही

लोक सेवा आयोगले सुचना जारी गर्दै लिखित परिक्षाको प्रश्नपत्र सामाजिक सञ्जालमा पोस्ट गरेमा कारबाही गर्ने जनाएको छ ।आयोगले लिखित परीक्षामा प्रश्नपत्र फिर्ता गर्नुपर्नेमा नगरी आफूसाथ लगेमा वा प्रतिलिपि गरी सामाजिक सञ्जालमा पोस्ट गर्ने वा सोही प्रकारका अन्य काम कारबाही गरेमा प्रचलित काूनन बमोजिम कारबाही हुने जनाएको हो ।जारि स्थानीय तहका विभिन्न पदका लागि लिखित परीक्षा सञ्चालन भई रहँदा ४ गतेको प्रश्नपत्र सामाजिक सञ्जालमा पोस्ट गरिएको थियो । यसले लोकसेवा आयोगको गोपनियतामा नै प्रश्न उठेको थियो ।

http://www.psc.gov.np/uploads/scroll_update/suchana.pdf

LEAVE A REPLY