फोनबाटै लभ :अन्तिममा रुवाबासी

Sharing is caring!

यो खवर सुन्दा अचम्म लाग्ला तर वासतविकता । फेसबुकबाट एउटा केटाको एउटी केटीसँग लभ परेको रहेछ, दुवै बिहे गर्ने तहसम्म पुगेका रहेछन् घटनाबारे सुनाउँदै इप्रका इन्चार्ज भरत चौधरीले भने, ‘तर केटीका आमाबुवाले केटा विवाहित भएको र उनकी श्रीमतीले अर्को बिहे गरेको थाहा पाएपछि बिहे गर्न मानेनछन्।

त्यसपछि केटाले साथीमार्फत् अर्की केटीसँग परिचय भएर फोनमा बोल्दा बोल्दै माया बसेछ। केटाले अन्ततः अर्की केटीलाई पनि बिहे गर्ने तहसम्म पुर्‍याए। दुवै बिहे गर्न राजी भए। छोरीलाई खुसी साथ राखेर पढाइदिने बाचा गरेपछि आमाबुवाले पनि स्वीकृति दिए। आमाबुवाले टीकाटालो गरिदिएपछि उनीहरु बिदाइ भएर हिँडे। यो खबर पहिलेकी केटीले थाहा पाइन्। त्यसपछि उनी दौडँदै बाटोमा आएर छेकिन् उनले आफूलाई धोका दिएको भन्दै केटासँग झगडा थालिन्। उनले आफूसँग पनि बिहे गर्नुपर्ने अडान राखेर नत्र झुण्डिएर मर्ने धम्कीसमेत दिइन्। ‘दुवै केटीको उमेर १७,१८ वर्ष मात्रै छ। बिहे हुने त कुरै भएन’ इन्चार्ज चौधरीले भने, ‘दुवै केटीका अभिभावकलाई बोलाएर जिम्मा लगाइदियौँ।’

Sharing is caring!

LEAVE A REPLY