राजनीतिकर्मीले कर्मचारीलाई किन खराब देख्छन् ?

Sharing is caring!

शारदा प्रसाद त्रिताल

अहिले नेपालमा राजनीतिक कर्मी राजनीतिक दलका नेता र कार्यकर्ता तथा मन्त्रिमण्डलका सदस्य समेत ले प्रशासकहरु प्रति शायद इतिहास मै सबैभन्दा बढी आलोचना गर्ने गरेको र प्रशासनयन्त्र विरुद्ध खुलेर लागेको देखिएकोछ । मेरो विचारमा देहायका कारणले यस्तो भएको हुन सक्छ –

(१) अधिकांश नेता तथा कार्यकर्ताको संगत त्यस्ता कर्मचारीसँग हुन्छ जो कामचोर, भ्रष्ट र कम ज्ञान सीप भएको हुन्छ किन कि यस्ता कर्मचारी मात्र नेता तथा कार्यकर्ताकोमा धाएर उनिहरुलाई जसरी पनि आफुप्रति आकर्षण गराउन प्रयास गरिरहेका हुन्छन् । अधिकांश नेताहरुले यिनकै मात्र कुरा सुन्ने गरेको पाइन्छ ।
)२) प्राय सबै भ्रष्ट कर्मचारीले मन्त्री, नेता तथा कार्यकर्तालाई चुनाव खर्च लगायत अन्य दैनिक खर्चमा सहयोग गरेका हुन्छन् । र ती राजनीतिककर्मीले सबै कर्मचारी यस्तै भ्रष्ट र हुने खाने हुन्छन् भन्ने धारणा बनाएका
हुन्छन् ।
(३) नेपालका राजनीतिक दलहरुले लोकतन्त्रमा प्रशासनयन्त्रको मर्म र भूमिका बारेमा स्पस्ट दृष्टिकोण बनाउन सकेका छैनन् जसले गर्दा हरेक राजनीतिक व्यक्तिले राजनीतिक सोच भन्दा पनि व्यक्तिगत सोचका आधारमा कर्मचारीका सम्बन्धमा आफ्नो धारणा राख्ने गर्छन् ।
(४) इमानदार र योग्य कर्मचारी नेताहरुकोमा धाउँदैनन् र कानून विपरीत कुनै पनि किसिमको सहयोग गर्दैनन् । त्यसैले ती कर्मचारीप्रति नेताहरुको धारणा नकारात्मक हुन्छ ।
(५)इमानदार र योग्य कर्मचारीले कानून र पद्धति नाघेर काम गर्दैनन् । कानून र पद्धति मिचेर काम गराउन चाहने नेताहरु ती कर्मचारीप्रति नकारात्मक हुन्छन् ।
(६) भ्रष्ट र कामचोरहरुले इमान्दार कर्मचारीको बारेमा गलत सूचना नेताहरुलाई दिन्छन् । त्यसैले ती कर्मचारीप्रति नेताहरुको धारणा नकारात्मक हुन्छ ।

(त्रिताल पूर्व सचिव हुन् ।)

Sharing is caring!

LEAVE A REPLY