नख्खु जेल ब्रेक गर्ने योद्धा :- जो खेल्दैछ मृत्युसँग पैठेजोरी

सुखको प्याला पिउन न हो दुनिँया झुत्तिने, दुखको आशुँ त एक्लै घुट्क्याउनुपर्दछ । जीवनको उत्तरार्धमा यस्तै आशुँको प्याला पिएर,‘डिप्रेश’ अबस्थामा सास अड्काइरहेका छन् एक योद्धा । जस्ले जवानीमा ओकल्यो ‘आगो जस्तो’ ऊर्जा । पञ्चायती निरङ्कुशताका विरुद्ध भूगिगत राजनीति ग¥र्यो । बदलामा जाकियो जेलमा । त्यहाँ रहँदा हो,नेपाली राजनीतिमा उत्ताल तरङ्ग ल्याउने ‘नक्खु जेल ब्रेक’ ग¥र्यो । ती १५ मध्येका एक बुढ्यौली उमेरमा असाध्यै रोगले गालेर जीवन र मरणको दोसाँधमा संर्घषरत छन् । यो अबस्थामा न त यी पात्रलाई कसैले सोध्छ न त अहिले कसैले खोज्न जरुरत नै ठानेको छ ।
ऐतिहासिक नख्खु जेल ब्रेक गर्ने प्रदीप नेपाल,सीपी मैनाली, घनेन्द्र बस्नेत, नरेश खरेल, नारद वाग्ले, भीष्म धिमाल, जीवन मगर, माधव पौडेलझैं अर्काे योद्धा हुन् वीरबहादुर लामा । यिनैमध्येका एक बीरबहादुर लामा,जो अग्लो राजनीतिक कद बनाए र पनि बाँचे सामान्य जीवनशैली । जीवनभरराजनीति गरेर पनि अन्यायमा परेका उनी एक पटक त लाभको पदमा पुगे । मकवानपुरबाट सांसदसम्म भए । अहिले उनको दुबै किड्नीले काम गर्न छाडेको छ । उपचारका लागि पाटन अस्पताल धाइरहेका छन् । ललितपुरको महालक्ष्मीस्थान नजिकै रहेको गणेशमान रिर्सच सेन्टर छेउ कोठा भाडा लिएर बसेका छन् । हप्तामा दुई पटक (सोमबार र बिहिबार) डयालसिस गर्नका लागि त्यहाँ धाउछन् । बिहान सात बजे अस्पताल पुग्छन् । बल्ल ११ बजे पालो आउँछ । साढे २ महिना भयो । पाटन अस्पताल धाउन थालेको हो । चाहन्छन उनी पनि मृत्युलाई जित्न तर समस्या छ एकातिर रकमको,अर्काेतिर दाताको । दाताले किड्नी दान नै दिए पनि साइजदेखि अरु चिज म्याज खानुप¥र्यो । मान्छेले त्यसै आफ्नो किड्नी बेच्दैन । उस्ले मागेजति रकम दिनसक्नुप¥र्यो । कहाँबाट यत्रो रकम भेला पार्ने ? माग्न जान्दैनन् । कसैले जानेर सहयोग गर्दैनन् । आफ्नै सहयात्रीहरु सरकारमा छन् । राज्यसत्ताको ताला चाबी उनीहरुसँगै छ । तर तिनैमध्यका एक सहकर्मी जस्ले जवानीमा आगो उकेल्यो सामन्तहरुका विरुद्ध । अहिले उनकै यस्तो अबस्था छ । त्यही नख्खु जेल ब्रेक गर्नेमध्येका एक जीवन मगर उनको उपचार गर्न र पुर्नजीवनका लागि हार गुहार गर्दै हिडिरहेका छन् ।

LEAVE A REPLY