सावधान : खतरनाक हुन्छ फेस एप, सूचना मात्रै होइन आदतसम्म चोरी हुन सक्छ

सामाजिक संजालमा निकै व्यापकता लिईरहेको फेस एपलको प्रयोग पनि निकै भएको पाईएको छ । साथै सामाजिक संजालमा यसको प्रयोग पनि अन्धाधुनद भईरहेको पाईएको छ । एपमार्फत् मानिसहरुले आफ्नो बृद्धावस्थाको तस्बिर अहिले सार्वजनिक गरायृरहेका छन् । यो एपले कुनै पनि व्यक्तिको तस्बिरलाई कृतिम तरिकाबाट बृद्ध अनुहारमा परिणत गरिदिन्छ । तपाईँलाई आफ्नो बृद्धाबस्थाको तस्बिरले जति रोमाञ्चित गरिरहेको छ त्यसबाट तपाईँलाई निकै खतरा पनि छ ।

रुसले बनाएको यो एप जब तपाईंको तस्बिर बदल्नका लागि पठाउनुहुन्छ त्यतिबेला यो फेस एप सर्भरसम्म जान्छ । फेस एपले त्यतिबेला तस्बिरलाई छानेर अपलोड गर्छ । कृतिम इन्टेलिजेन्समार्फत् यसको परिवर्तन गरिन्छ । यसमा सर्भरको पनि प्रयोग हुने गर्छ । एपमार्फत् नै तपाईँले फोटो खिच्नुपर्ने हुन्छ । तर, यो एपबाट तपाईँले आफ्नो एक फोटो मात्रै होइन धेरै कुरा दिइरहनु भएको हुन्छ । तपाइँको यो तस्बिरको निजी प्रयोग मात्रै भइरहेको लाग्न सक्छ । तर, त्यति मात्रै होइन । यसको सार्वजनिक रुपमा प्रयोग पनि हुन सक्छ । यो एपले तपाईँको फोनको सूचना प्राप्त गर्न सक्छ । र, यो सूचना विज्ञापनमा प्रयोग गर्न सकिन्छ । यो एपले आदत र रुची समेत बुझ्ने प्रयासमा लाग्न सक्ने बीबीसीले जानकारी दिएको छ ।

LEAVE A REPLY