केन्याको डान्स बारबाट १२ जना नेपाली युवतीलाई उद्धार

Sharing is caring!

बिहीबार साँझ केन्याको डान्स बारबाट १२ जना नेपाली युवतीलाई उद्धार गरी हवाई मार्ग हुँदै काठमाडौं ल्याइएको छ । ब्युरोका एक अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने, ‘हामीले थप फलोअपका लागि उहाँहरुसँग सोधपुछ गरिरहेका छौं ।’ यद्यपि, अहिलेसम्म उद्दार गरिएकाले आफू खुशी केन्या गएको बयान दिएका थिय । साथै उद्दार गरिएका मध्ये अधिकांशले केन्यामा आफूले शारीरिक वा मानसिक यातना नपाएको पनि बताएका छन् ।

नेपाल प्रहरीको मानव बेचविखनविरुद्ध काम गर्ने ब्युरो स्रोतका अनुसार केन्या प्रहरीले चलाएको अपरेशनका क्रममा उनीहरु पक्राउ परेका थिए । त्यहाँबाट अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) ले उनीहरुलाई नेपाल ल्याईएको थियो ।

Sharing is caring!

LEAVE A REPLY