अड्डा खडा गरेर घुस लिने इन्जिनियर रंगेहात पक्राउ

रामजी बाबु यादव सर्लाहीको दक्षिण–पश्चिम भेगमा पर्ने रामनगर गाउँपालिकाका इन्जिनियर हुन् । यादवलाई बिहिबार सदरमुकाम मलंगवास्थित अशोक होटलबाट ५० हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पक्राउ गर्न सफल भएको छ । यसअघि सर्लाहीको दक्षिणी भेगका अधिकांश स्थानीय तहका लेखापाल लगायतका कर्मचारीले सदरमुकाममा बेग्लै अड्डा खडा गरेर काम गरिरहेको गुनासो आइरहेको थियो । रामनगर गाउँपालिकाका इन्जनियर घुस रकमसहित पक्राउ परेपछि यो कुराको पुष्टी समेत भएको हो । त्यसैकारण पक्राउपछि अख्तियारको टोलीले मुचुल्का उठाएको थियो ।

LEAVE A REPLY