प्यान नम्बर लिनुभयो ? यस्तो छ स्थायी लेखा नम्बर लिने प्रक्रिया

Sharing is caring!

*सबैभन्दा पहिला आन्तरिक राजश्व विभागको वेव पेज आइआरडी डट जिओभी डट एनपी www.ird.gov.np लगइन गर्नुहोस ।
*यस पछाडि त्यहाँ ट्याक्स पेयर पोर्टल भेटनुहुन्छ । क्लिक गर्नुहास ।
*जहाँ अनलाइन ई सर्भिसको तल फोल्डहरु देख्नुहुन्छ । तीमध्ये रजिष्ट्रेसन फोल्डर क्लिक गर्नुहोस ।
*सो क्लिक गरेपछि एप्सिकेसन फर रजिष्ट्रेसन फर्म भेट्नुहुन्छ । क्लिक गर्नुहोस ।
*सम्बिसन नम्बर प्राप्त गर्नका लागि त्यहाँ उपलव्ध फाराम तपाईको नाम,मोवाइल नम्बर,इमेल आइडी त्यहाँ इन्ट्री गर्नुहोस ।
*यस पछि प्राप्त हुन सम्बिसन नम्बर सुरक्षित राख्नुहोस ।
*तपाई यक्तिगत वा व्यवसायिक स्थायी लेखा नम्बर लिने हो ? छनोट गर्नुहोस ।
* नजिकैको आन्तरिक राजश्व कार्यालय (तपाईले कारोवार गर्ने स्थान छनोट ) गर्नुहोस ।
* त्यसपश्चात तपाईको अरु विवरण नाम थर (नेपालीमा),जन्ममिति भर्नुहोस ।
* यस्तै तपाईको नागरिकता,पासपोर्ट लगायत समावेश गर्नुहोस ।
* बुवा,आमा,पत्नी वा पती र संरक्षकका नाम भर्नुहोस ।
* तपाईको प्रमाणपत्र नम्बर,पेशा उल्लेख गर्नुहास । स्थायी अस्थायी ठेगना भर्नुहोस ।
र त्यहाँ भएको सेभ बटन थिच्नुहोस ।
* यी विवरण त्यहाँबाट प्रिन्ट गरी दुईप्रति पासपोर्ट साइजको फोटो,नागरिकताको *फोटो,घरभाडा सम्झौता पत्र लगायतका कागजपत्रसहित नजिकैको करदाता कार्यालयमा जानुहोस र लिनुहोस आफ्नो स्थायी लेखा नम्बर ।

Sharing is caring!

LEAVE A REPLY