पूर्वमन्त्री बस्नेतसँग ६१ करोड “कालोधन”

सम्पत्ति शुद्धीकरण,राष्ट्र बैंक,सहकारी विभागले लियो एक्सन

Sharing is caring!

अकुत सम्पत्ति आर्जनमा एक पूर्वमन्त्री फन्दामा पर्ने भएका छन् । देउवा नेतृत्वका सरकारका सञ्चारमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहनकुमार बस्नेत सम्पत्ति शुद्धिकरण विभागको फन्दामा पर्ने भएका हुन् ।

उनीसँग स्रोत नखुलेको ६१ करोड रुपैयाँ उपर सम्पत्ति शुद्धिकरण विभागले छानबिन गर्दैछ । सो रकम उनले एउटा सहकारीमा लुकाएर राखेको भेटिएको हो । काठमाडौंको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा बस्नेतको ६१ करोड रुपैयाँ भेटिए पछि विभागले अनुसन्धान थालेको हो ।

विभागको प्रारम्भिक अनुसन्धानको क्रममा बस्नेतले कर छलीबाट आएको रकम जम्मा गरेर राखेको देखिएको विभाग स्रोतले जानकारी दिएको छ । बस्नेतको चीनसँग व्यापारिक कारोबार गर्ने व्यवसायीसँग बढी हिमचिम रहेको स्रोतले जानकारी दिएको छ । उनी सिन्धुपाल्चोकका पूर्व सांसद हुन् । बस्नेतको कालोधनका बारेमा शुद्धिकरण विभागका साथै सहकारी विभाग र राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी इकाइले पनि काम गरिरहेको छ । बस्नेतको ६१ करोडको स्रोत नखुलेको पैसाका बारेमा उनका परिवार र नातेदारमा पनि अनुसन्धान तीब्र पारिएको जनाइएको छ ।

Sharing is caring!

LEAVE A REPLY