३५ बर्षमाथिका प्रौढहरुको लोकसेवा विज्ञापनविरुद्ध संघर्ष : परीक्षाको मुखैमा चर्काए आन्दोलन

एकाबिहानै लोकसेवा आयोगको केन्द्रीय कार्यालय अगाडि आन्दोलन चर्किएको छ । आदिवासी जनजाती निकटका विभिन्न संघ संस्थाका प्रतिनिधित्व गर्दै उनीहरुले लोकसेवा आयोगको केन्द्रीय कार्यालय अगाडि नाराबाजी गर्दै आन्दोलन गरे । यसरी आन्दोलनमा उत्रनेहरु अधिकांश प्रौढ छन् ।जस्को उमेर ३० बर्ष क्रस भइसकेको छ । उनीहरुले चाहेर पनि लोकसेवाको परीक्षामा सामेल हुन पाउदैनन् । ३५ बर्षभन्दा माथिका प्रौढहरु लोकसेवा आयोगको विज्ञापन खारेजीको माग गर्दै सडकमा उत्रिएका छन् । लोकसेवा आयोगको परक्षिाको मुखैमा उनीहरु विरोधमा उत्रिएका हुन् । आज बिहानै आयोगको केन्द्रीय कार्यालय अगाडि भेला भएका उनीहरुले विज्ञापनको विरोध गरेका हुन ।

आयोगले प्रकाशन गरेको विज्ञापन समावेशी र समानुपातिक सिद्धान्तको विपरित भएको आरोप लगाउँदै आदिवासी जनजाति महासंघलगायतका संघसंस्थाले विरोधमा उत्रदै आएका छन् । उनीहरुले लोकसेवा आयोगले स्थानीय तहका लागि खोलेको विज्ञापन खारेजीको माग गर्दै आयोगको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै लोकसेवा आयोगको अनामनगरस्थित केन्द्रीय कार्यालय अगाडि उनीहरुले प्रदर्शन गरे । आयोगले गत असारमा गरेको विज्ञापनको परीक्षा शुरु हुन एक दिन अगाडि त्यसको खारेजी माग गर्दै प्रदर्शन गरेका हुन् । आयोगले ५ सय १५ स्थानीय तहमा रिक्त ९ हजार १६१ पदका लागि जेठ १५ मा विज्ञापन गरेको थियो । असार १० सम्म आवेदन दिने म्याद तोकिएको थियो ।
प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले लोकसेवाको विज्ञापन समावेशी नभएको जिकिरसहित रद्द गर्न निर्देशन समेत दिएको थियो । सर्वोच्च अदालतले मंगलबार विज्ञापनलाई वैधानिकता दिएपछि प्रक्रिया अघि बढाउने सम्बन्धमा रहेको अन्योल हटेको हो । लोकसेवा आयोगले गरेको विज्ञापन संविधानको भावना विपरीत भएको भन्दै यस अगाडि पनि विरोध प्रदर्शन हुँदै आएको थियो । तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने आयोगको विज्ञापन संविधानको व्यवस्था अनुसार नै रहेको दावी गर्दै आएको छ ।

LEAVE A REPLY