शिक्षा मन्त्रालयद्धारा थप ८४ वटा विद्यालय नमुना घोषित(सूचीसहित)


शिक्षा मन्त्रालयले सार्वजनिक विद्यालय सुधारको अभियानका लागि नयाँ योजना ल्याएको छ । मन्त्रालयले सार्वजनिक विधालय सुधार गर्नका लागि ८४ विद्यालयलाई नमुना घोषणा गरेको छ । यसअघि भने २२२ सामुदायिक विद्यालयलाई नमूना छनोट गरेको थियो भने आउँदो आर्थिक वर्षमा नमूनाका रूपमा अतिरिक्त अनुदान पाउन थप १०० विद्यालय छनोट गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट निश्चित आधारमा छानिएका विद्यालयलाई केन्द्रबाट आठ करोड रुपैयाँसम्म अतिरिक्त अनुदान दिइनेछ । नमूना विद्यालयको अवधारणाले विद्यालयको भौतिक, शैक्षिक र अन्य अवस्थामा सुधार ल्याई सिकाइ उपलब्धिमा वृद्धि गर्नेछ ।

LEAVE A REPLY