प्रदीप ज्ञवाली फष्ट,विना मगर लाष्ट

प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल सिस्टमबाट मन्त्रीहरुको कार्यसम्पादन मूल्यांकन गर्ने थालेको ९ महिना भयो । गत बर्ष असोजदेखि हरेक महिना कुन मन्त्रालय र मन्त्रीले कति समयमा के कति काम गरे भन्ने मूल्यांकन सफ्टवेयरबाटै गर्दै आएका छ । प्रधानमन्त्री कार्यायमा जोडिएको उक्त सफ्टवेयरका आधारमा खानेपानी तथा सरसफाई मन्त्री विना मगर सबैभन्दा कमजोर दरिएकी छिन् भने परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अब्बल ठहरिएका छन् ।

चालु आर्थिक बर्षको प्रगती विवरणको आधारमा खानेपानी तथा सरसफाई मन्त्री विना मगर सबैभन्दा कम अंक पाएकी छिन् । कार्यसम्पादनमा मन्त्री मगर सबैभन्दा कमजोर ठहरिँदा परराष्टमन्त्री प्रदीप ज्ञवाली सबैभन्दा अब्बल दरिएका छन् ।
२०७५ /०७६ मा मन्त्री मगरको मन्त्रालयले लिएको लक्ष्य अनुसार काम पूरा गर्न नसकेपछि उनी असफल साबित भएकी हुन् । खानेपानी मन्त्रालयले जम्मा ३९ नम्बर पाएको छ । मन्त्रालयले प्रधानमन्त्री केपी ओलीसमक्ष प्रतिबद्धता गरेको १ सय २२ योजनामध्ये जम्मा ४७ वटा मात्रै काम सम्पन्न भएको छ । बाँकी ४७ वटा काम भइरहेका छन् । २८ वटाको कामै सुरु भएका छैनन् । ती सबैको कूल मिलाउँदा खानेपानीले जम्मा २९ प्रतशित अर्थात २९ नम्बर पाएको हो ।

खानेपानी मन्त्रालयले गत वर्षको दसैंमा नै उपत्यकाबासीलाई मेलम्चीको पानी खुवाउने भनेको थियो । तर, उल्टै कमिसनमा कुरा नमिल्दा इटालियन ठेकेदार कम्पनीसीएमसीलाई भगाइएको छ । सचिव गजेन्द्र ठाकुर र मेलम्ची खानेपानी आयोजना प्रमुख सूर्यराज कँडेलले कमसिन नपाएको झोकमा भुक्तानी रोकेर ठेकेदार कम्पनी भगाएका हुन् । मन्त्रालयले बुझाएको वार्षिक प्रगति विवरण रिपोर्टमा मेलम्ची आयोजनाको यांग्रीदेखि लार्केसम्म पहुँच सडक निर्माण सुरु, दोस्रो चरणको मुआब्जा तथा क्षतिपूर्ति वितरण सुरु भएकोलाई प्रमुख उपलब्धीका रुपमा उल्लेख गरिएको छ । उपत्यकाका चक्रपथभित्र ७५ किलोमिटर थोक वितरण प्रणाली पाइपलाइन सम्पन्न गरेको, नौवटा पानीपोखरी निर्माण गरेको, दुई सयवटा खानेपानी आयोजनाको मर्मत सुधार गरेको र ६४ हजार ६ सय ६२ घरधुरीमा शौचालय निर्माण गर्नुलाई आफ्नो ठूलो उपलब्धी मानेको छ ।

मन्त्रालयगत वार्षिक प्रगतिका आधारमा सबैभन्दा धेरै नम्बर परराष्ट्र मन्त्रलयले पाएको छ । नेकपा नेता प्रदीपकुमार ज्ञवाली परराष्ट्रमन्त्री छन् । परराष्ट्रलु कूल लक्षित ८९ योजनामध्ये ६१ वटा सम्पन्न गरेको छ । चालु योजनाको संख्या २७ छ भने सुरु नै नभएको एउटा मात्र छ । यस्तै दोश्रोमा श्रम मन्त्रालयले ९७ वटा काम पूरा गर्ने लक्ष्य लिएकोमा ७८ वटा काम पूरा भएको र १४ वटा चालु अवस्थामा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here