अपडेट :- बाढीले ५० को ज्यान लग्यो, १०,३८५ परिवार विस्थापित

Sharing is caring!

तीनदिनदेखिको बर्षाकाको देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट हालसम्म ५० जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यलयका अनुसार बाढी पहिरो र डुबानबाटै हालसम्म ३० जना घाइते भएका छन् भने २५ जना वेपत्ता रहेका छन् ।

मृत्यु हुनेमा सबै भन्दा धेरै ललितपुरमा ७ जनाको ज्यान गएको छ। त्यस्तै भोजपुरमा ५ जनाको मृत्यु भएको छ भने ओखलढुंगामा ४ जनाको मृत्यु भएको छ। खोटाङ, काठमाडौं मकवानपुरमा ३र३ जनाको मृत्यु भएको छ।

मोरङ, बारा, सिन्धुली, झापा र धादिङमा २र२ जनाको ज्यान गएको छ। इलाम, सप्तरी महोत्तरी, सर्लाही, रौतहट, पर्सा, पाँचथर, रामेछाप,पाल्पा, डोल्पा र दाङमा १र१ जनाको मृत्यु भएको छ।

यस्तै सिन्धुली छ, इलाम र मोरङ्गमा तीन–तीन, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, धनुषा, धादिङ, काठमाडौँ र ललितपुरमा एक–एक जना गरी २२ जना बेपत्ता भएका छन् ।बाढी पहिरोमा १० हजार ३ सय ८५ घरधुरी विस्थापित भएको केन्द्रको तथ्यांक छ। सबैभन्दा धेरै बिस्थापित हुनेमा सिरहामा ५ हजार सर्लाहीमा ३ हजार बारामा १६६५ मोरङमा ४००, रौतहटमा २०० घरधुरी र पर्सामा १२० घरघुरी बिस्थापित भएका छन्।

Sharing is caring!

LEAVE A REPLY