भ्रष्टचारीहरुविरुद्ध सरकारले लियो कडा एक्सन

Sharing is caring!

भनियो गाउँ गाउँमा सिंहदरबार तर तिनै स्थानीय तह अनियमिततामा डुबेको गुनासो बढ्न थालेपछि सरकार एक्सनमा उत्रिएको छ । कतिपय स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख, वडा अध्यक्ष नै घुस लिएको आरोपमा रंगेहात पक्राउ परिरहेका घटनाहरु बढिरहेको बेला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकभरका सबै ७५३ वटै स्थानीय तहमा पत्राचार गर्दै अनियमितता रोक्न, छानबिनमा सहयोग गर्न निर्देशन दिएको छ ।
स्थानीय तहमा भएको अनियमित कार्यहरुको छानबिन गरि प्रारम्भिक प्रतिवेदन तयार गर्न मन्त्रालयको पत्रानुसार छानबिन कार्यमा खटि आउने कर्मचारीलाई छानबिन कार्यमा आवश्यक सहयोग पुर्‍याउन पनि मन्त्रालयले पत्राचार गरेको पत्रमा उल्लेख छ ।मन्त्रालयको शाखा अधिकृत शेखरनिधि पौड्यालको हस्ताक्षर भएको सो पत्रमा छानबिन कार्यमा आवश्यक सहयोग गर्न भन्दै ७५३ वटै स्थानीय तहलाई परिपत्र गरिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्रलाईसमेत बोधार्थ गरि गरिएको पत्राचारमा स्थानीय तहमा हुने अनियमितताको छानबिनमा सहयोग गर्न स्थानीय तहलाई भनिएको छ ।

Sharing is caring!

Loading...

LEAVE A REPLY