कुवेत आगलागीमा परेर तीन नेपालीको मृत्यु

Sharing is caring!

कुवेतको आप्रवासी बस्ने एक अपार्टमेन्टमा आगो लाग्दा तीन जना नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीका विजय बैठा र अरु दुई जना महिला छन्। नेपालको ठेगाना खुल्न नसकेको अप्सरा कामी र गौरी दर्जी रहेका छन् ।

कुवेतस्थित नेपाली दूतावासका अनुसार, आगलागीमा परेर केही घाइते भएका छन् । तर उनीहरु नेपाली हुन् होइनन् थाहा हुन सकेको छैन ।

सो अपार्टमेन्टमा शनिबार राति भएको आगलागीमा परेर अरु केही घाइते भएको र ती नेपाली हुन् या होइनन भन्ने पहिचान हुन नसकेको दूतावासको भनाई उदृत गर्दै परराष्ट्रमन्त्रालयका सहायक प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए।

आगलागीको कारण भने खुल्न नसकेको दूतावासले जनाएको छ ।

Sharing is caring!

Loading...

LEAVE A REPLY