लुम्बिनी अस्पतालमा ५ वटा शव अलपत्र

Sharing is caring!

 

शनिवार दिउँसो लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको  शवगृहमा ५ वटा शव अलपत्र परेका छन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेट डाक्टर कृष्ण खनालका अनुसार शवगृहमा बालक (छोरा)को शव छाडेर आमा नै भागेको अस्पताल प्रशासनले जनाएको छन् । रोल्पाको थवाङ्गकी तिनपुरा घर्तीले आफ्नो २६ महिनाको छोरालाई उपचारका लागि ल्याएकी थिइन् । यस्तै अन्य ४ वटा शव समेत वेवरिसे अवस्थामा रहेको छ ।

आकस्मिक कक्षमा उपचारका क्रममा ती बालकको मृत्यु भए पछि उनले शव अस्पतालमै छाडेर हिँडेकी हुन्  । अहिले बालकको शव अस्पतालमा वेवारिसे अवस्थामा रहेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी भीम भट्टराईले खोजतलासको क्रममा पनि आफन्त नभेटिए सबैको रोहवरमा दाहसंस्कार गरिने बताए ।

Sharing is caring!

Loading...

LEAVE A REPLY