सनराइज बैंकको सीईओमा जनक शर्मा पौड्याल

बैंक सञ्चालक समितिको बैठकले सनराइज बैंकको सीईओमा जनक शर्मा पौड्याल नियुक्त हुने भएका छन् । पौड्यालले तीन दशकभन्दा बढी बैङ्किङ क्षेत्रमा बिताइसकेका छन् । उनले औपचारिक रुपमा सीईओको कार्यभार सम्हाल्न भने बाँकी छ ।

३० बर्ष देखी बैंकिङ क्षेत्रमा रहेका शर्मा यस अघि नै ग्लोवल आइएमइ बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए ।‘कुलिङ पिरियड’मा रहेका पौड्याल अहिले सनराइजमा गएका हुन् । उनको बैंकिङ करियर सन् १९८७ अगस्टबाट सुरु भएको हो ।

LEAVE A REPLY