शिक्षकलाई ५० वर्षमै अवकास

सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्न काभ्रे मन्डनदेउपुर नगरपालिकाले पाँचौं नगरसभाले विशेष प्रस्ताव पास गरेको छ ।

मन्डनदेउपुर नगरपालिकाले नगरसभामा शिक्षकको उमेर हदम्याद सेवा सुरु गरेको २५ वर्ष वा ५० वर्ष रहने विशेष प्रस्ताव पारित भएको छ ।

नगरसभामा प्रमुख टोकबहादुर वाइबाले सामुदायिक विद्यालयमा शिक्षामा सुधार गर्नका लागि २५ वर्ष सेवा अवधि पुगेको र ५० वर्ष उमेर नाघेका शिक्षकले अवकास लिए १ लाख रुपैया“ प्रोत्साहन रकम दिने प्रस्ताव पेस गरेकोमा सर्वसम्मत पारित भएको हो ।

यसअघि, संघ सरकार र प्रदेश सरकारले समेत शिक्षक दरबन्दी मिलान गर्न नसकेको अवस्थामा मन्डनदेउपुर नगरपालिकाले शिक्षकको दरबन्दी मिलान गरेर राष्ट्रिय रूपमा चर्चा कमाएको थियो ।

LEAVE A REPLY