बुटवल – पाल्पा सडक एकतर्फी खुल्यो

Sharing is caring!

शनिबार दिउँसो ३ बजेदेखि पहिरोले अवरुद्ध भएको सडक आइतबार बिहान करिब साढे १० बजेदेखि सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल पाल्पा सडकखण्ड एकतर्फी सन्चालनमा आएको छ ।

ठूला ढुंगासहित खसेको पहिरोले बाटो अवरुद्ध हुँदा शनिबारदेखि सयौं सवारी साधन र त्यसमा सवार यात्रुहरु अलपत्र परेका छन् ।

एकतर्फी बाटो खुलेपछि सवारी साधनहरु पालैपालो गन्तव्यतर्फ जान थालेका छन् । ब्रेकर, डोजर, स्काभेटर परिचालन गरेर दुईतर्फी नै बाटो खुलाउने प्रयास भइरहेको बुटवल प्रहरीले जनाएको छ ।

Sharing is caring!

Loading...

LEAVE A REPLY