सुर्खेतका वन अधिकृत भक्तबहादुर लामा ४ लाख घूससहित पक्राउ

Sharing is caring!

सुर्खेत जिल्ला वन अधिकृत भक्तबहादुर लामालाई ४ लाख घूससहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार अख्तियार कार्यालय सुर्खेतको टोलीले उनलाई जिल्ला वन कार्यालयबाटै रंगेहात पक्राउ गरेको हो।

उनले घूस मागेको सूचना पाएपछि अख्तियारले उनीमाथि निगरानी बढाएको थियो। घूस लिइसकेपछि घुस रकमसहित उनलाई पक्राउ गरेको थियो। जंगली काठको छुटपूर्जाको समय मिलाइदिने भन्दै उनले सेवाग्राहीसँग ४ लाख मागेको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले बताएका थिय। थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ।

Sharing is caring!

LEAVE A REPLY