८ लाख घुससहित पक्राउ परेका उपकुलपति रौनियारलाई लगियो काठमाडौं

Sharing is caring!

बिहीबार प्रतिष्ठानको भवन निर्माणको ठेक्का पाएका ठेकेदारसँग ठेक्का लिए वापतको ८ लाख रुपैयाँ नगद सहित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा राजकमार रौनियार र उनका भतिज डा रामहरि रौनियारलाई निवासबाट अख्तियारले रंगेहात पक्राउ परेका थिए ।

ठूलो परिमाणको रकमसहित पक्राउ परेका रौनियार विरुद्ध मुचुल्का तयार पार्न अख्तियारको टोलीलाई रातभर समय लागेको थियो । उनलाई अख्तियारले आवश्यक कारवाहीका लागि काठमाडौं लगेको छ । रौनियारलाई टोलीले शुक्रबार बिहानै गाडीमा राखेर काठमाडौं लगिएको अनुसन्धानमा खटिएका प्रहरी उपरीक्षक हेम थापाले बताए ।

रौनियारले प्रतिष्ठानमा निर्माण र विभिन्न उपकरण खरिदमा ठेकेदारसँग रकम माग गरेको उजुरी परेको थियो । उजुरीपछि पीडित पक्षसँग रकम माग गरेको फोन रेर्कड अख्तियारमा पुगेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पीडितलाई ८ लाख रकम दिएर रौनियारलाई पक्राउ गर्न टोली परिचालन गरेको बुझिएको छ ।

Sharing is caring!

LEAVE A REPLY