टिकटकले लियो ज्यान, भिडियो बनाउँदा तालमा खसेर मृत्यु

Sharing is caring!

पछिल्लो समय निकै लोकप्रिय एप्स हो टिकटक । एसको प्रयोग गर्ने सायद निकै कम होलान । यसैको कारणले धेरै जसो भाइरल पनि बन्न सकेका छन् । पछिल्लो समय यसको प्रयोग बढ्दै जाँदा दुर्घटना पनि बढ्दै गएको छ ।

टिकटकको क्रेजले पछिल्लो पटक भारतको हैदरवादमा एकजनाको मृत्यु भएको छएकजनाको ज्यान लिएको छ ।

भिडियो बनाउने क्रममा तालमा खसेर नरसिंह नाम गरेका ती युवकको मृत्यु भएको हो । बुधबार हैदरादको मेदचाल जिल्लास्थित डुलापाल्ली तालमा उक्त घटना भएको हो । उनले तालको छेउँमा उभिएर अभिनय गरिरहेका थिए भने उनका साथीले भिडियो खिचिरहेका थिए । त्यसक्रममा उनी चिप्लिएर तालको गहिराइमा खसेको बताइएको छ ।

उनी पौडी खेल्न नजान्ने भएको हुँदा बाहिर निस्किन नसकेको र उनको मृत्यु भएको समाचारमा उल्लेख छ । बिहिबार मात्र प्रहरीले उनको लास तालबाट निकालेको थियो । एजेन्सीको सहयोगमा

Sharing is caring!

LEAVE A REPLY