लोकसेवाको विज्ञापन खारेजीको माग गर्दै मन्त्री पण्डितमाथि आक्रमण (भिडियोसहित)

एकाबिहानै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितमाथि दुव्र्यवहार भएको छ । आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानको कार्यक्रममा सहभागी हुन पुगेका मन्त्री पण्डितमाथि आक्रमण भएको हो । त्यहाँ आदिवासी युवा विद्यार्थीहरुले कार्यक्रमस्थलमै पसेर मन्त्री पण्डितमाथि दुव्र्यवहार गरेका हुन ।
शुक्रवार बिहानै जावालाखेलमा प्रतिष्ठानको १९ औं सञ्चालक परिषद्को बैठक डाकिएको थियो । उक्त बैठको अध्यक्षता गर्नका लागि कार्यक्रमस्थलमा पुगेका मन्त्री पण्डितको विरुद्ध नारावाजी शुरु भएको थियो ।
त्यहाँ कालोझण्डासहित उपस्थित भएका युवाहरुले मन्त्रीको राजीनामा माग गर्दै लोकसेवा विज्ञापन खारेज गर्न समेत माग गरेका थिए । होहल्लाका कारण बैठक भाडिएको र स्थिती नियन्त्रण बाहिर गएपछि बैठक स्थगित गरिएको आयोजकले जनाएको छ ।

Posted by Gobinda Chhantyal on Thursday, July 11, 2019

LEAVE A REPLY