महिला उद्यमीलाई खुसीको खबर : अब १.३८ % व्याजदरमै कर्जा

Sharing is caring!

महिला उद्यमीहरुका लागि खुसीको खबर छ । तपाईले सोच्दै नसोचेको व्याजदरमा राष्ट्रिय वाणिज्य बैंकले सहुलियत कर्जा उपलव्ध गराउने भएको छ । राष्ट्रिय वाणिज्य बैंक र साना तथा मझौला व्यवसायी महासंघबीच भएको एक सम्झौता अनुसार अब राष्ट्रिय बाणिज्य बैंकले महिला उद्यमीलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको हो । सहमति अनुसार अब बैंकले महिला उद्यमीलाई १ दशमलव ३८ प्रतिशतमा सहुलियत कर्जा प्रदान गर्ने भएको छ । सम्झौतापत्रमा बैकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र महासंघका तर्फबाट अध्यक्ष श्याम गिरीले हस्ताक्षर गरेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठका अनुसार अहिले बैंकको ब्याज ७ दमलव ३८ प्रतिशत पुगेको छ । तर बैंकले महिला उद्यमीलाई प्रोत्साहन गर्नका लागि व्याजमा भारी कटौती गरी १दशमलव ३८ प्रतिशतमै सहुलियत प्रदान गर्ने छ । यस आधारमा महिला उद्यमीहरुले ६ प्रतिशतसम्म कर्जा अनुदान पाउने छन् । सरकारले ब्याज अनुदान सम्बन्धि एकीकृत कार्यविधि ल्याएको छ । जस अनुसार महिला उद्यमीलाई ६ प्रतिशतसम्म ब्याज अनुदान दिने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले महिला उद्यमीलाई ६ प्रतिशत व्याज अनुदानमा कर्जा उपलव्ध गराउन लागेको छ । यस्तै सोही बैंकबाट पुरुष उद्यमीले भने २ दशमलव ३८ प्रतिशत ब्याजमा सहुलियत कर्जा पाउनु हुनेछ । पुरुष उद्यमीका लागि सरकारले ५ प्रतिशतमात्रै ब्याज अनुदान दिने व्यवस्था गरेको छ ।
ब्याज अनुदान कार्यविधि लागू भएयता विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ५ सय ३५ उद्यमी महिलाले ३७ करोड २३ लाख ३५ हजार रुपैयाँ कर्जा स्वीकृत गराएका राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए ।

Sharing is caring!

Loading...

LEAVE A REPLY