८ लाख घुससहित अख्तियारले पक्रियो ठूलो माछा

Sharing is caring!

सुब्बा,खरिदारजस्ता साना तहका कर्मचारीलाई मात्र समाउने आरोप लाग्दै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला माछालाई पक्राउ गरेको छ । आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा डा राजकुमार रौनियार र डा रामहरी रौनियार घुससहित रंगेहात पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई विशेष सूचनाको आधारमा पक्राउ गरेको हो ।आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनीहरुलाई उपकुलपतिको निवास धरानबाट रंगेहात पक्राउ गरिएको हो । ‘प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशन वापत दुई जनाले सेवाग्राहीसँग ८ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको हो’,  थप अनुसन्धान भइरहेको उनको भनाइ छ । उनीहरुलाई अहिले अख्तियारले नियन्त्रणमा लिएको छ ।अख्तियारले फेला पारेको यी ठूला माछा हुन् ।

Sharing is caring!

Loading...

LEAVE A REPLY