भारतीय विदेश सचिव र प्रचण्डबीच खुमलटारमा गोप्य वार्ता,बालुवाटारमा खैलाबैला

Sharing is caring!

असारको दोस्रो साता दिल्लीबाट काठमाडौं ओर्लिएका भारतका विदेश सचिव श्यामशरणले नेकपा अध्यक्ष प्रचण्डसँग गोप्य रुपमा भेट गरेर दिल्ली फर्किसकेका छन् ।नेपालको आन्तरिक राजनीतिमा बहुत चासो राख्ने श्यामशरण र प्रचण्डबीचको भेटमा के के बिषयमा छलफल भयो भन्ने कुरा अझैं गोप्य राखिएको छ । उनीहरुबीच भएको गोप्य भेटवार्ताको खबर बाहिरिए पछि वालुवाटार सशकित भएको छ । नेपालका मामिलामा चासो राख्ने पूर्वभारतीय राजदूत श्यामशरणले गोप्य रुपमा प्रचण्डलाई भेटेर दिल्लीतिरै फर्किए लगतै  भारतीय राजदूत मञ्जिवसिंह पुरीले पनि प्रचण्डसँग बाक्लो भेटघाट थालेका छन् । यो खबर बालुवाटारमा पुगेपछि  नेपाली राजनीति तरगिंत भएको छ । एकातिर, प्रचण्ड र भारतीय विदेश सचिवबीचको गोप्य भेटघाट,यही बीचमा भारतीय राजदुतले खुमलटारतिर बढी आउजाऊ गर्न थालेपछि  वालुवाटारमा हलचल मच्चिएको छ ।प्रचण्डले विदेशीहरुसँग छलफल र भेटघाट तिव्र पारेसँगै  प्रधानमन्त्री ओलीले आफ्ना निकटष्थहरुसँग छलफल तिव्र पारेका छन् ।आजै मात्र ६ बर्ष पछाडि उनले घनश्याम भुषाललाई सम्झिएका छन् । घनश्याम भुषाल र प्रधानमन्त्री ओलीबीच झण्डै एक घण्टा लामो भलाकुसारी चलेको छ ।
भारतका पूर्वविदेश सचिव श्यामशरणले काठमाडौं आएर नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि पछिल्लो समय बालुवाटारमा खैलाबैला मच्चिएको हो ।

Sharing is caring!

LEAVE A REPLY