कस्मेटिक मापदण्डविपरीत बेचे तीन महिना कैद

महिलाहरु को सौन्दर्यकालागी प्राय कस्मेटिक सामानको नै निकै महत्वपूर्ण भुमिका रहेको हुन्छ र महिलाहरुले प्रयोग पनि गरिनै रहेका छन् कस्मेटिकका सामानहरु । तर अहिले बजारमा स्वास्थ्यलाई हानी पुग्ने कमसल कस्मेटिक सामान बिक्री हुने गरेको फेला पारेपछि त्यसलाई नियन्त्रण गर्नका लागि विभागले मापदण्ड तयार गरेको छ । हालै बसेको बैठकले नेपाल गुणस्तर परिषद्ले सो मापदण्ड स्वीकृत गरेको हो । बजारमा स्वास्थ्यलाई हानी पुग्ने कमसल कस्मेटिक सामान बिक्री हुने गरेको फेला परेपछि त्यसलाई नियन्त्रण गर्नका लागि विभागले मापदण्ड तयार गरेको हो । विभागका अनुसार स्वीकृत मापदण्डविपरीत र मापदण्डभन्दा बढी परिमाणमा रसायन मिसाइएको गुणस्तरहीन लिपिस्टिक, स्किन क्रिम र स्किन लोसन बिक्री गरे व्यापारीलाई तीन महिनाको कैदसहित पाँच हजार जरिवाना गराउने व्यवस्था गरिएको छ ।

मापदण्डविपरीतको गुणस्तरहीन लिपिस्टिक बिक्री गर्न र आयात गर्न नपाइने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको गुणस्तर तथा नापतौल विभागले तयार पारेको लिपिस्टिक, स्किन क्रिम र स्किन लोसनको मापदण्ड तयार गरी गुणस्तरहीन लिपिस्टक वितरण गर्नेलाई तीन महिना कैदको व्यवस्था गरेको हो ।

क्रिम र लिपिस्टिकमा अत्याधिक परिमाणमा प्रयोग हुने रसायनका कारण छालालाई असर पर्नुका साथै मस्तिस्क, स्नायु प्रणाली, छालामा दाग आउने, मुटुरोग, कलेजो रोग, हाड क्षय, उच्च रक्तचाप, फोक्सो, मृगौला र कलेजो क्यान्सरसम्म निम्त्याउने जोखिम हुन्छ ।

LEAVE A REPLY