नाकामा परीक्षण नहुने भएकोले तत्काललाई विषादी परीक्षण रोक्यौं : कृषिमन्त्री खनाल

नेपालले बिहीवार आयोजना गरेको रिपोर्टर्स क्लब साक्षात्कारमा बोल्दै कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनालले अहिले पनि विषादी परीक्षण आफ्नै प्रक्रियामा भइरहेको सुनाएका छन् । नेपालमा अहिले अस्तित्वमा रहेका विषादी परीक्षण ल्याबहरूको क्षमतामा प्रश्न रहेको सुनाउँदै ती ल्याबलाई छिट्टै स्तरोन्नति गर्ने पनि उनले विश्वास दिलाएका थिय ।

उनले जोखिमयुक्त तरकारी तथा फलफूल अहिलेपनि नगन्य मात्रामा रहेको सुनाउदै भने, ‘हामीले २०७१ साल असारदेखि विषादी परीक्षणको शुरू गरेका हौं, त्यतिबेला १८७ स्याम्पलमा चेकजाँच गरिएको थियो, तर केहीमा जोखिमपूर्ण मात्रा थियो ।’ काठमाडौं उपत्यकाबाहिर अहिलेपनि ६–७ वटा ल्याबहरू रहेका मन्त्री खनालले सुनाए । उनले भने, ‘तर ती सबै ल्याबहरू अहिले सञ्चालनमा छन् भनेर म भन्दिनँ । भएका ल्याबहरू सञ्चालन गर्न म्यानपावरको समस्या छ ।’

विषादी चेकजाँच गर्ने निर्णयबाट सरकार किन ब्याक भयो ? भनेर चौतर्फी कुरा उठेको सुनाउँदै निर्णयमा नाकामा चेकजाँच भन्ने शब्द राख्दा समस्या भएको सुनाए । उनले थपे, ‘अन्तर्राष्ट्रिय प्रचलनअनुसार पनि नाकामा चेकजाँच हुँदैन र अहिले हामीसँग भएका ल्याबहरूलाई हामी छिट्टै अन्तर्राष्ट्रियस्तरको बनाउँछौं ।’

LEAVE A REPLY