बंकरभित्र मृत भेटिइन् अमेरिकी वैज्ञानिक

Sharing is caring!

एक सातादेखि हराइरहेकी सुजान इटन नामकी अमेरिकी वैज्ञानिकको शव दोस्रो विश्व युद्धको बंकरको रुपमा रहेको गृक प्रायदीप क्रेटेमा फेला परेको छ ।

५९ वर्षिया उनी विश्वकै चर्चित जर्मनीस्थित म्याक्स प्लान्क इन्स्टिच्युटका मोलिकुलर बायोलोजिस्ट हुन् । उनी एउटा सम्मेलनमा भाग लिन सो प्रायदीपमा गएकी थिइन् । उनी अन्तिम समयमा देखिएको भन्दा १० किमी टाढा एउटा बंकर भित्र भेटिएकी थिइन् । उनी जुलाई २ देखि हराएकी थिइन् । उनी हराएपछि परिवार तथा साथीहरुले उनको बारेमा सूचना दिनेलाई ५० हजार युरो इनाम दिने घोषणा समेत गरेका थिए । विवाहित सुजानका दुई छोरापनि रहेका छन् ।

उनको मृत्युको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तर, दौडिएको बेलामा उनलाई अप्ठेरो महसुस भएको हुन सक्ने र त्यसैका कारण सास फेर्न गाह्रो भएको प्रारम्भिक अनुमान गरिएको छ ।

Sharing is caring!

Loading...

LEAVE A REPLY