त्रिशूली बजार जाने पक्की पुल जीर्ण

Sharing is caring!

करीब पाँच दशकअघि निर्माण भएको नुवाकोटको त्रिशूली बजार जाने पक्की पुल जीर्ण भएको छ । पुलमा प्रयोग गरिएका पाता र नट बोल्ट खिया लागेका छन् । नयाँ पुल निर्माणको लागि विस्तृत परियोजनाको प्रतिवेदन बने पनि कार्यान्वयन हुन सकेको छैन ।

पुलबाट दैनिक चार सयभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । पुलको सुरक्षाका लागि एक पटकमा एक मात्र सवारी आवतजावत गराउनु पर्ने भनिए पनि कार्यान्वयन हुन सकेको छैन ।

स्थानीयले यो पुलको विकल्प खोज्नु पर्ने माग राख्दै आएका छन् । भारत सरकारले २०२१ सालमा त्रिशूली जलविद्युत केन्द्र निर्माणको समयमा बनाएको यो पुलको आयु सकिएको छ । पहिले ८ टनसम्म सामान बोकेका गाडी मात्र सञ्चालनको अनुमति भएकोमा अहिले जति पनि वजन बोकेका सवारी साधनहरु ओहोरदोहोर गरी रहेका छन् ।

Sharing is caring!

LEAVE A REPLY