सबै सिडिओको सेवा यस्तै भए पो !

Sharing is caring!

प्रमुख जिल्ला अधिकारी जस्ले सम्हाल्छ जिल्लाका कमाण्ड । केही प्रमुख जिल्ला अधिकारीहरु यस्ता सन्की हुन्छन् उनीहरु आफूलाई शासक र सेवाग्राहीलाई रैती सम्झन्छन् । तर यो भन्दा नितान्त फरक दृश्य देखिएको छ जुम्लामा । अहिले सामाजिक सञ्जालमा एउटा तस्विर भाइरल भइरहेको छ । प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले सेवाग्राहीसँग गरेको सत्कारको तस्विर । दुर्गा बञ्जाडे जुम्लामा पहिलो पटक महिला प्रमुख जिल्ला सीडीओ बन्न सफल भएकी हुन्। उनी जुम्लाको इतिहासमा पहिलो महिला सीडीओ बनेर पुगेकी हुन् ।

उनी जुम्लाको ४० औं सीडीओको रुपमा त्यहाँ पुगेकी उनको कार्यशैलीको अहिले चर्चा र परिचर्चा भइरहेको छ । प्रमुख जिल्ला अधिकारीको रुपमा उनले त्यहाँको कमाण्ड सम्हालेको ५ महिना पुग्दैछ ।

बञ्जाडेले आफूले त्यहाँ ५ महिना बिताँउदा कैद गरिएका यादगर लागेका तस्विरहरु सामाजिक सञ्जालमा सार्वजानिक गरेसँगै उनको प्रंशशा भइरहेको छ ।

०६८ सालमा खुल्ला प्रतिष्पर्धाबाट उनले शाखा अधिकृतमा नाम निकाल्न सफल दूर्गाले गत फागुन १७ गतेदेखि जिल्लाको कमाण्ड सम्हालेकी हुन् । उनीझैं अहिले लिलाकुमारी पाण्डे,गोमादेवी चेम्जोंग र लक्ष्मीदेवी हुमागाई ४ महिलाहरुले सिडिओको रुपमा विभिन्न जिल्लाको कमाण्ड गरिरहेका छन् ।

 

Sharing is caring!

LEAVE A REPLY