शिक्षकको कुटाइबाट विद्यार्थीको मृत्यु 

Sharing is caring!

कञ्चनपुरको भीमदत्त नगरपालिका १७ मझगाउँमा रहेको महाकाली बाल विद्यालयका शिक्षकको कुटाइबाट कक्षा नौ मा अध्ययनरत माधव कलौनीकोे मृत्यु भएको छ ।

विद्यालयका सहपाठीसँग झैझगडा गरेको विषयलाई लिएर शिक्षकको कुटाइबाट घाइते भएका कलौनीको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको हो। उपचारका क्रममा कलौनीको भारतको राममूर्ति अस्पताल भोजिपुरामा मृत्यु भएको उनका मामा पुष्पमणि जोशीले बताए।

कुटपिटबाट कलौनीको टाउको, छातीमा चोट लाग्नुका साथै दायाँ खुट्टा भाँचिएको थियो। विद्यालयका प्रध्यानाध्यापक यशोदा जोशीले असार १५ गते माधवलाई उनका बुबा जिम्मा लगाएकी थिइन्। कुटपिटमा संलग्न भएको आशंकामा विद्यालयका प्रध्यानाध्यापक यशोदा जोशी, शिक्षक दुर्गादत्त पाठक, लक्ष्मण भट्ट र हर्क जाग्रीलाई सोधपुछका लागि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक जनकराज पाण्डेयले बताए।  कुटपिट गरेको वा नगरेको बारे अनुसन्धान पछि मात्रै थाहा हुने उनले बताए।

 

 

 

Sharing is caring!

Loading...

LEAVE A REPLY